पत्रकारिताका माध्यमबाट निराशा हटाउनपर्नेमा जोड

ललितपुर । ललितपुरमा आयोजित मिडिया साक्षरता कार्यक्रममा धारणा राख्ने बक्ता तथा प्रशिक्षकहरुले पत्रकारिताका माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ ललितपुरले बिहीवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पत्रकारहरुलाई गलत र नकारात्मक सन्देश फैल्याउने प्राथमिकताको उद्देश्य नलिन आग्रह गरे । पेशाप्रति प्रतिवद्ध भएर […]

मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवती महिलालाई वडाबाटै नि:शुल्क स्वास्थ्य सेवा

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । प्रत्येक वडाबाट महिनाको दुईदिन प्रवाह हुनेगरी निशुल्क सेवा शुभारम्भ भएको हो । बिहीबार वडा नम्बर ६ मा आयोजित सेवा शुभारम्भको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्वास्थ्य बीमा मार्फत ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिक […]

राप्रपाको भण्डाफोर अभियान शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत भण्डाफोर कार्यक्रम आजवाट सुरू हुदैँछ । पुर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको बक्तब्यले उत्साहित भएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजवाट ‘बृहत भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो । राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरूङका अनुसार आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखरावाट सुरू हुदैछ । उनका अनुसार फागुन १७ […]

एकैपटक ६ हात्ती हताहत

श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठूलो दुर्घटना भएको छ ।यात्रुवाहक रेल हात्तीको समूहसँग ठोक्किदा छ, ६ हात्ती हताहत भएका छन् । श्रीलंकाली समाचार माध्यमका अनुसार घाइते थप २ हात्तीको उपचार भइरहेको छ । श्रीलंकामा रेल र हात्तीबीचको यस्तो दुर्घटना सामान्य भइसकेको छ । वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्तीको मृत्यु […]

अमेरिकी राष्ट्रपति ट्रम्पप्रति बालेनको कडा कटाक्ष

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा शब्दमा कटाक्ष गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत ट्रम्पको आप्रवासन नीतिलाई लिएर कटाक्ष गरेका हुन् । बालेनले ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, “हाम्रो देश तपाईंको देशभन्दा राम्रो रहेको अनुभूति गराइदिनु भएकामा धन्यवाद।” उनले नेपाल गरिब हुनुको कारण नेपाली युवाहरू विदेशिनु रहेको बताउँदै अमेरिका […]

साथीको घरमा सुतेका युवक मृत फेला

भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा आफ्नै साथीको घरमा मृत फेला परेका हुन् । २१ वर्षीय साथी बादल तामाङको घरमा सुतेका निरोज मंगलबार दिउँसो मृत फेला परेका थिए । निरोज मदिरा खाएर सुतेका र अबेर सम्म नउठेपछि हेर्दा मृत फेला परेका एक स्थानीयले जानकारी गराए । […]

भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान !

bhaktapur traffic police

भक्तपुर । भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान ! साउन यता ७ महिनामै यो सडकमा सवारी दुर्घटनाको संख्या १ सय ६० पुगेको छ । सल्लाघारी-पुरानोथिमि, सानोठिमी- मनोहरा सडकमा मात्रै साउन यता १ सय ६० वटा सवारी दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले यो सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न तीब्र गति […]

भारतमा भएको दमनको सानोठिमीमा बिरोध, सरकारलाई यस्तो चेतावनी

भक्तपुर । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको रहस्मय निधन र न्याय माग गर्दा विद्यार्थी माथि भएको दमनको सानोठिमीमा बिरोध भएको छ । बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएको र विद्यार्थीले अनुसन्धानको माग गर्दा दमन भएको भन्दै अखिल […]

प्रेम छोटालाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार दिइने

कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने  कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८१ प्रेम छोटाले पाउने भएका छन् । नेपाली लोकसाहित्य लोक कला, संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।  यो पुरस्कारबाट पुरस्कृत हुने पहिलो विद्वान् सत्यमोहन जोशी थिए भने क्रमशः कृष्ण कँडेल, तुलसी दिवस, चूणामणि बन्धू, कुमार बस्नेत […]

शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष सिग्देललाई पितृशोक

शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष एवं आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देललाई पितृशोक परेको छ । उनका पिता सीताराम सिग्देलको ७८ बर्षको उमेरमा निधन भएको हो । सीताराम श्वासप्रश्वास सम्बन्धी रोगले ग्रसित थिए । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न करिब १ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई आजै […]