धनगढी । कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।
घोडघोडी नगरपालिका-२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको बौनियाको सनराइज बोर्डिङ स्कुलको मप्र०३-००१ क २९४१ नम्बरको बसले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत स्थानीय ८ वर्षीय गोविन्द विष्टको मृत्यु भएको हो ।
विद्यालयबाट बिदा भएर बसमार्फत घरतर्फ ल्याइएका बालक घरदेखि करिब तीन सय मिटर टाढा पूर्व-उत्तर दिशामा बसबाट झर्ने क्रममा बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।







