एमालेको नयाँ नेतृत्व चुन्‍न आज मतदान, उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।