काठमाडौ १७ असार । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र शिक्षक लाईसेन्सको विज्ञापनको म्याद थप गरेको छ । यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको आयोगले जनाएको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न […]
शिक्षा
शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न हिस्टुनको माग, आयोगलाई ३ दिने अल्टिमेटम
काठमाडौं , माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक सेवा आयोगले गरेको शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न माग गरेको छ ।हिस्टुनको केन्द्रिय समितिको बैठकले साविक उमाविका लागि भनी खुलाइएको शिक्षक लाइसेन्सको विज्ञापन नं ३५ तथा खारेजीको माग गर्ने निर्णय गरेको हो । सौ मौजुदा अवस्थामा सो विज्ञापन नभर्ने र नभराउनेसमेत निर्णय गरिएको हिस्टुनका […]
सरकारको योजनामा विद्यालयको साथ्
काठमाडौं, १४ असार । सरकारले हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेसंगै शनिबारबाट सरकारले वृक्षारोपण वर्षको औपचारिक सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरु सामेल भै काठमाडौंको कोटेश्वरमा फलफूलको विरुवा रोप्दै वृक्षारोपण वर्षको औपचारिक उद्घाटन गरिएको हो । सरकारले आगामी तीन वर्ष भित्र ३ करोड फलफूलका बिरुवा […]
एसइइ परीक्षाफलमा फेरिपनि प्रश्न, हजारौ विद्यार्थीको नतिजा रातारात मिलाइयो
भक्तपुर, १३ असार । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजामा त्रुटी फेला परेको छ । अघिल्लो वर्ष परीक्षाफल परिमार्जन गरि प्रकाशित गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले यसपटक पनि परीक्षाफल प्रकाशनमा गल्ती गरेको पाइएको छ । विहीवार परीक्षाफल प्रकाशन गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले कतिपय परीक्षार्थीको एउटा विषय नै गायव गरेर परीक्षाफल प्रकाशित गरेको […]
एसइइको नतिजा सार्वजनिक(नतिजाको लिंक सहित)
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न थिए । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय […]
एकैदिन काठमाडौंका ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुंग !
काठमाडौंमा । भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ । बुधवार मात्रै काठमाडौंका ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले बुधवार एकैदिन काठमाडौंका ४ विद्यालयलाई नवविर्मित भवन हस्तान्तरण गरेको हो । इकाईले बुधवार बिहान ७ बजे बलम्बु मावि बलम्बु, ८ बजे ज्ञानोदय मावि बाफल, १२ बजे जितपुर मावि, […]
एसइइ नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, दिउँसो बोर्ड बैठक बोलाइयो
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । यसका लागि बिहीबार दिउँसो बोर्ड बोलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधवार नै एसइइ नतिजा सार्वजनिक हुने समाचारहरु प्रकाशित भएका भएपनि राष्ट्रिय परीक्षा बोर्डले खण्डन गरिदिएको थियो । अघिल्ला वर्षहरुमा असार पहिलो हप्ता नै सार्वजनिक हुँदै आएको एसइइ […]
अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु
अछाम । अछामको चौरपाटी गाउँपालिकामा दशपल्ले माविमा अध्यनरत विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्वरको ट्याक्टर गाउँपालिका वडा नं ३ शोकटस्थित कोलगैरामा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्युु भएको हो । दुर्घटनामा परी सोही गाउँपालिका वडा नं. २ का रमेश साउँद, लक्ष्मी साउँद र […]
घुसको रकमसहित सल्यानमा इकाइ प्रमुख वली पक्राउ
सल्यान । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख धनबहादुर वली घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई २५ हजार नगद रुपैयाँ घुस लिएको रकमसहित पक्राउ गरेको हो । गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत वलीलाई शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिएको अवस्थामा […]
राष्ट्रिय शिक्षा ऐनको मस्यौदाः बोर्डको अध्यक्षमा खुला प्रतिस्पर्धा हटाएर सिधै शिक्षासचिव !
काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा खुला प्रतिस्पर्धाको व्यवस्था हटाएर सिधै शिक्षा सचिव अध्यक्ष बन्ने व्यवस्था सहित राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारेका छन् । हाल अर्थ मन्त्रालयको स्वीकृतिपश्चात् कानुन मन्त्रालयमा रायका लागि पठाइएको ऐनको मस्यौदामा यस्तो व्यवस्थाको प्रस्ताव गरिएको हो । हाल राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट छनोट हुने गरेको छ । […]











