नगरपालिका बनेपछि विद्यालय जान–अाउन चार घन्टा हिड्न बाध्य बालबालिका

राेल्पा, १९ फागुन । अध्ययनका लागि नजिक विद्यालय नहुँदा रोल्पा नगरपालिका– ९ ह्वामाका विद्यार्थी दैनिक चार घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन् । रोल्पा नगरपालिका– ९ ह्वामाको बागेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी विद्यालय आउँदा र घर फर्कंदा दैनिक चार घण्टा पैदलयात्रामै बिताउनु पर्दा उनीहरुले पढाइमा सास्ती व्यहोर्नु परेको छ । रोल्पा नगरपालिका– ९ […]

फुल्चोकीपछि स्यम्भुबाट हराए शैक्षिक भ्रमणमा गएका अर्का विद्यार्थी

काठमाडौं, १९ फागुन । ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का एक विद्यार्थी शुक्रबार हराएका छन् । ललितपुरको बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा कक्षा पाँचमा पढ्ने बुद्धबहादुर थिङ काठमाडौंको स्वयम्भूबाट हराएका हुन् । यो स्कुल सरकारी हो । छाउनीस्थित संग्रहालय अवलोकन सकेर स्वयम्भू भ्रमणमा […]

अखिल क्रान्तिकारीका तीन नेता बैतडीबाट गिरफ्तार

धनगढी, १७ फागुन । अनेरास्ववियु (क्रान्तिकारी)का तीन नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेललाई बैतडी प्रहरीले बुधबार गिरफ्तार गरेको हो । त्यसैगरी जिल्ला नेताहरु सुरेन्द्र धामी र शिशिरलाई गिरफ्तार गरेको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनको काममा रहेका नेताहरुलाई विना कारण रफ्तारको बताउँदै अध्यक्ष पूर्णबहादुर सिंहले […]

माओवादी केन्द्रको विद्यार्थी संगठन फुट्यो रायमाझीको नेतृत्वमा अर्को छुट्टै केन्द्रीय समिति

काठमाडौँ । अखिल (क्रान्तिकारी) पुर्नगठनको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । बुधबार काठमाडौँमा सम्पन्न भेलाले आलोक रायमाझीको संयोजकत्वमा ४० सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरेको छ । नेकपा माओवाद केन्द्र एमालेमा विलय भएको भन्दै नेता गोपाल किरातीले माओवादी केन्द्रको पुर्नगठन गरेसँगै विद्यार्थी संगठन पुर्नगठन गरिएको हो । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको […]

पाठकलाई अध्यक्ष चयन गर्दै क्रान्तिकारी शिक्षकहरुको सम्मेलन सम्पन्न

कैलाली, १२ फागुन । अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उद्घाटन गरेका थिए । सम्मेलनबाट उपाध्यक्ष टिकादेवी राई र लक्षिराम ढकाल, गुणाखर भट्टराई, धनबहादुर […]

प्रहरीले ३० घन्टादेखि दुर्इ विद्यार्थीलार्इ क्याम्पसभित्रै थुनेर राख्यो

पाेखरा, १२ फागुन । नेपाल कम्युनिस्ट बिरुद्ध दमन नीति लिएको सरकारले मानिसको स्वतन्त्र रुपमा हिंडडुल र लेखपढ गर्न पाउने अधिकारमाथि पनि धावा बोल्न थालेको छ l यसै क्रममा कास्की प्रहरीले नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका दुई नेतालाई ३० घण्टादेखि पोखराको पृथ्वीनारायण क्याम्पसमा थुनेर राखेको छ l शुक्रबार बिहान करीब ७ बजे क्याम्पस पढ्न गएका […]

कान्तिपुर सिटी कलेजमा अखिल क्रान्तिकारीको नयाँ नेतृत्व

काठमाडौं, ११ फागुन । कान्तिपुर सिटि कलेजमा अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन भएको छ । पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेज इकाइको सातौं सम्मेलनले पर्शुराम भट्टको अध्यक्षतामा २१ सदस्यीय नयाँ मुल इकाई समिति निर्वाचित भएको हो । काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजको नयाँ कार्यसमितिको उपाध्यक्षद्वय कविन गुरुङ्ग र भास्कर भण्डारी,सचिव तिर्थराज बुढा,सहसचिव चतुर्भुज उपाध्याय […]

पढेको कुरा गहिरोगरी सम्झिने १० उत्तम उपाय

१.अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्काे पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ । २. आफ्नो नोट आफैँ बनाउने धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ […]

शिक्षकले मरणासन्न हुनेगरी कुटेका विद्यार्थीको अप्रेशन गरियो

काठमाडौं, ६ फागुन । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा […]

बौद्धिक सम्पत्तिको कानुन बन्ने पक्का

काठमाडाै, २९ माघ । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माणको औपचारिक प्रक्रिया बल्ल सुरु भएको छ । झन्डै एक दशकदेखि बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माण गर्ने घोषणा गरिएको भए पनि यसले औपचारिकता भने बल्ल पाएको हो । सरकारले औद्योगिक बौद्धिक सम्पत्तिसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएपछि उद्योग मन्त्रालयले नयाँ कानुन निर्माणको प्रक्रिया सुरु […]