अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिकामा दशपल्ले माविमा अध्यनरत विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्वरको ट्याक्टर गाउँपालिका वडा नं ३ शोकटस्थित कोलगैरामा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्युु भएको हो ।

दुर्घटनामा परी सोही गाउँपालिका वडा नं. २ का रमेश साउँद, लक्ष्मी साउँद र काली साउँदको मृत्यु भएको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिएका छन् ।

उनीहरुमध्ये साउदले यस वर्ष एसईई परीक्षा दिएका थिए भने लक्ष्मी कक्षा ९ र कालि कक्षा ८ मा अध्ययनरत रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले बताए। लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन्। ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन्।

त्यसैगरी दुर्घटनामा परी अन्य ४ जना विद्यार्थी घाइते भएका छन् । उनीहरुको स्थानीय असस्पतालमा उपचार भइरहेको छ ।

Loading...