शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न हिस्टुनको माग, आयोगलाई ३ दिने अल्टिमेटम

काठमाडौं , माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक सेवा आयोगले गरेको शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न माग गरेको छ ।हिस्टुनको केन्द्रिय समितिको बैठकले साविक उमाविका लागि भनी खुलाइएको शिक्षक लाइसेन्सको विज्ञापन नं ३५ तथा खारेजीको माग गर्ने निर्णय गरेको हो ।

सौ मौजुदा अवस्थामा सो विज्ञापन नभर्ने र नभराउनेसमेत निर्णय गरिएको हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेले जानकारी दिए ।हिस्टुनले शिक्षक लाइसेन्सको ३५ नम्बरको विज्ञापन खारेज गर्न माग गर्दै आज आइतवार बिहान १० बजे शिक्षक सेवा आयोगमा ३ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

उक्त विज्ञापन खारेज गरी अस्थायी शिक्षक लाइसेन्स लिएर कक्षा ११ र १२ मा पढाइरहेका शिक्षकहरुलाई विनाशर्त स्थायी शिक्षक लाइसेन्स दिन हिस्टुनले माग गरेको छ । ३ दिने अल्टिमेटम भित्र पनि विज्ञापन खारेज नगरिए आन्दोलनको आधावेहरी सिर्जना गर्न भन्दै हिस्टुनले आन्दोलन परिचालन समितिसमेत गठन गरेको छ ।शिक्षक सेवा आयोगले असार २ गते प्रावि, निमावि र मावि गरी विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । जसमा माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक किसिमको विज्ञापन गरिएको थियो ।

आयोगले विज्ञापन नम्बर ३५ का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णांक सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

Loading...