कृषिलाई व्यवसायिक र औद्योगिक बनाऔं : प्रधानमन्त्री ओली

काठमाडौं १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन आम नागरिकमा आग्रह गरेका छन् ।आज राष्ट्रिय धान दिवसको अवसरमा आफ्नो ट्वीटर ह्याण्डलमार्फत सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन सरकार तत्पर रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

उनले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको धारणा राखे । उनले ट्वीटरमा लेखेका छन्, ‘कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाऔं । कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम छ, यसलाई सफल पारी उत्पादन र उत्पादकत्व बढाऔँ ।’

मानो रोपेर मुरी उब्जाउने महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन, आज नेपालभर धान दिवस अर्थात रोपाइँ यात्रा मनाइँदै छ । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रा्प्दै खेतीमा व्यस्त हुन्छन् ।

Loading...