भक्तपुरमा एक जेष्ठ नागरिकको दिनदहाडै हत्या

भक्तपुरमा एक जेष्ठ नागरिकको दिनदहाडै हत्या भएको छ । छोरीको डेरामा आश्रय लिई बस्दै आएकी ६० वर्षिया आमाको  आइतवार बिहान १०:३० बजेको समयमा  अज्ञात समुहले हत्या गरेको हो ।

सिन्धुपाल्चोकको बाडेगाउँ घर भइ भक्तपुरको खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी ६० वर्षीया सावित्रा भटराईको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले पुष्टि गरे । छोरीहरु मात्र भएकी भट्टराई कुनै पेशा व्यवसायमा पनि आवद्ध थिइनन् । उनलाइ पारिवारिक रिसइवीका कारण हत्या गरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन ।

मोटरसाइकल चढेर आएका अपरिचित व्यक्तिको समूहले धारिलो हतियार प्रहार गरि दिनदहाडै उनको हत्या गरेका हुन् । भट्टराईको घाटीमा धारिलो हरियार प्रहार गरि हत्या गरिएको जानकारी प्राप्त भएको छ । यतिबेला उनको शव पोष्ट मार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको प्रहरीले जानकारी गराएको छ ।

हत्यामा संलग्नहरु फरार रहेका छन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । हत्याराको निकट प्रहरी पुगिसकेको दावी गर्दै प्रहरी नायव उपरीक्षक पोखरेलले अपराधी उम्कन नसक्ने जिकिर गरे ।

सच्याइएको : घटना बिहान १०:३० बजेको समयमा भएको बताइएको छ ।

Loading...