एकैदिन ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुङ्ग !

काठमाडौं । काठमाडौं जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । शुक्रवार एकैदिन ४ वटा विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन् । इकाइका इञ्जिनियर सागर […]

सम्झनामा डि.आर. पौडेल, विद्यार्थी कार्यकर्ता देखि शिक्षामन्त्रीसम्म !

काठमाडौं । पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट २०२२ कार्तिक ४ गते तात्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए । मोहनबिक्रम […]

सार्वजनिक सवारी चढ्ने र कोठा भाडामा बस्ने निस्कलङ्क पूर्वमन्त्री पौडेलको निधन

काठमाडौँ, ३१ जेठ । पूर्व शिक्षा मन्त्री धनिराम (डीआर) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो । चितवन माडीस्थित घरमा रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि अचेत उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । ५३ वर्षीय पौडेलको हृदयघातका कारण मृत्यु भएको अस्पतालको भनाइ […]

अस्थायी शिक्षकको मुद्दामा संवैधानिक इजलाशमा बहस सकियो, शिक्षक विज्ञापन खारेज होला ?

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा बुधवार अन्तिम बहस भएको छ । मुद्दाको अन्तिम फैसला असार १८ गते आउने सर्वोच्च अदालतले जनाएको छ । मुद्दामा अन्तिम बहस भएसँगै अब आउने फैसलाले अस्थायी शिक्षकहरुको भाग्यको फैसला गर्ने छ । यसले शिक्षक सेवा आयोगले सञ्चालन गरेको अस्थायी […]

जापानको सहयोगमा विद्यालय भवन निर्माण

हेटौँडा, २९ जेठ । हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ को लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनमा छात्रछात्रा शौचालय, […]

विद्यालयको प्राङ्गणमै एकाएक ४ बालकको मृत्यु, विद्यालयमा त्रास

काठमाडौं । दार्चुलाको एक विद्यालयमा प्राङ्गनमा एकैसाथ चार जना बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे नौगढ गाउँपालिका वार्ड नं ४ मा रहेकाे गणेश विनायक माध्यमिक विद्यालयको प्राङ्गणमै ४ बालबालिकाको मृत्यु भएको हाे। जिल्ला प्रहरी कार्यालय दार्जुलाका अनुसार विद्यालयकाे ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक […]

निमावि तहको पश्चिम, म.प. र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको  सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलवार निम्नमाध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको  लिखित परीक्षाको  नतिजा सार्वजनिक गरेको हो । पश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मध्यपश्चिमाञ्चल विकास क्षेत्रको विज्ञान विषयको नतिजा हेर्न […]

सरकारले बन्द गर्यो विदेश जाने विद्यार्थीका लागि दिइने ‘नो अब्जेक्सन लेटर’ बन्द, लाखौ विद्यार्थीहरु अन्यौलमा

काठमाडौं । शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउन बन्द गरेको छ । नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द गरेको हो । मंगलबारबाट यस्तो लेटर उपलब्ध नहुने भएपछि विद्यार्थीहरु भने अन्यौलमा परेका छन् । एनओसी बन्द गर्नुको […]

शिक्षक लाइसेन्स हरेक पाँच वर्षमा नविकरण गर्नुपर्ने, मापदण्ड पुरा नगरे खारेज हुने

काठमाडौं । एकपटक शिक्षण अनुमतिपत्र(शिक्षक लाइसेन्स) प्राप्त गरेका शिक्षकहरूले आफूले प्राप्त गरेको अनुमतिपत्रको हरेक पाँच–पाँच वर्षको अन्तरालमा नविकरण गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । मस्यौदामा  हरेक पटक अनुमति पत्र नविकरण गर्नका लागि शिक्षकले कुनै पनि माध्यमबाट तोकिएको सक्षमता हासिल गर्न तालिम वा […]

एसईईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को विज्ञान र सामाजिक अध्ययन विषयको परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दार्ता गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । गत चैत १० गतेबाट शुरु भएको एइई परीक्षाअन्तर्गत प्रदेश २ मा […]