सार्वजनिक सवारी चढ्ने र कोठा भाडामा बस्ने निस्कलङ्क पूर्वमन्त्री पौडेलको निधन

काठमाडौँ, ३१ जेठ । पूर्व शिक्षा मन्त्री धनिराम (डीआर) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो ।

चितवन माडीस्थित घरमा रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि अचेत उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । ५३ वर्षीय पौडेलको हृदयघातका कारण मृत्यु भएको अस्पतालको भनाइ रहेको छ । अहिले उनको शव माडी अस्पतालमा राखिएको छ ।

आजै उनको अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ । उनकी पत्नी र २ छोरीहरु रहेका छन । काठमाडौमा रहेकी पत्नी गङ्गा बेलबासेसहित उनका आफन्त र साथीभाई चितवन जादै गरेको पौडेलका साथी सुरेश न्यौपानेबाट जानकारी प्राप्त भएको छ । नेकपाका पार्टी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ गृह मन्त्री रामबहादुर थापा ‘बादल’ त्यसैगरी शिक्षा मन्त्री गिरिराजमणि पोखरेल लगायतका नेताहरु उनको अन्त्यष्टिमा सहभागी हुने बताइएको छ ।

नेकपाका केन्द्रिय सदस्य समेत रहेका नेता पौडेलको असमायिक निधनले मर्माहत भएको पार्टी अध्यक्ष प्रचण्डले बताएका छन । २०७३ को प्रचण्ड नेतृत्वको सरकारमा पौडेल शिक्षा मन्त्री रहेका थिए । उनी सरल र मिलनसार व्यक्तित्वका धनी थिए । मन्त्री भएर पनि विलाशी जीवनमा नडुबेका नेता पौडेल सार्वजनिक यातायातमा आवत जावत गर्थे भने काठमाडौको सातदोबाटो नजिक कोठा भाडामा लिएर छोरीहरु पढाइरहेका थिए । आफूलाई लिएर पटक पटक सेकेन्ड ह्याण्ड स्कूटर सो रुममा गए पनि उनले एउटा स्कूटर किन्ने सपना समेत अधुरै छोडेर गएको उनका हितैषी मित्र प्रकाश अवालेले बताए ।

को हुन डि.आर पौडेल🌺

नाम:- डि आर पौडेल (धनिराम पौडेल)
बुवा/आमा:-हरिप्रसाद पौडेल/ हिमादेबि पौडेल
जन्म मिति र स्थान: २०२३ कार्तिक, कुन्चवारी- स्याङ्जा
हालको:- स्थाइ बसाइ माडी नपा- ५ चितवन
श्रीमती:- गङ्गा बेलबासे केन्द्रिय सद्स्य नेकपा,
छोरीहरु :-जागृती -२४ वर्ष , आकृती- २२ वर्ष 
अध्ययन :- बिएस्सी पास
पत्रकारिता :- विभिन्न पत्रपत्रिका र किताबको सम्पादन, लेख रचना प्रकाशित तथा सम्पादक,जनएकता साप्ताहिक

राजनीति
२०३८:- पाटी सद्स्य नेकपा चौथो महाधिबेसन
२०४२:-प्रतिनिधि चौम रास्ट्रीय सम्मेलन
२०४७:-सस्थापक केन्द्रिय सदस्य जनबादी युवा लिग
२०५१:- केन्द्रिय संयोजक अखिल (क्रान्तिकारी)
२०६३:-केन्द्रिय सदस्य नेकपा (एकताकेन्द्र-मसाल), पार्टी एकता पछि पोलिटब्युरो सदस्य नेकपा (माओबादी)
२०७०:-संविधान सभा सदस्य
२०७३:- मन्त्री शिक्षा
हाल केन्द्रिय सदस्य नेकपा

Loading...