इसिडि शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्छ–पूर्वसचिव शर्मा


काठमाडौं । नेपाल  सरकारका पूर्व सचिव एवं शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलका संयोजक महाश्रम शर्माले इसिडि शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

जरामा पानी नहालेसम्म सुधार नहुने भन्दै शर्माले  सार्वजनिक शिक्षा सुधारका लागि इसिडि देखि नै लगानी बढाउनुपर्नेमा जोड दिए । आजको शिक्षा साप्ताहिकले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्व सचिव शर्माले इसिडि शिक्षकको सुविधा नबढाइ शिक्षामा गुणस्तर नआउने बताएका हुन् ।

‘हामीले दरबन्दी मिलान कार्यदलबाट इसिडि शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्नुपर्छ भनेर सुझाब दिएका थियौं । यसका लागि अर्थमन्त्री पनि सकारात्मक हुनुहुन्थ्यो । तर, बजेटमा आएन’ – शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलका संयोजकसमेत रहेका शर्माले भने ।

सार्वजनिक शिक्षाको आधार इसिडिदेखि नै सुधारको शुरुवात हुनुपर्ने उनको भनाइ थियो ।

Loading...