कतारलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए । दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दो अर्जेन्टिनाको जित पक्का गरे ।

समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १-० ले हरायो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रहयो । ३ खेलमा ४ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो कतार १ अंकसहित पुछारमा रहयो ।

 

Loading...