ब्रिटेनको कन्जर्भेटिभ दलले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ। टोरी दलको नेतृत्वको प्रतिष्पर्धाको परिणाम ब्रिटेनको स्थानीय समयानुसार पौने १२ बजे घोषणा भएको हो। दलका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भएको हो। परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टीपंक्तिलाई सम्बोधन गरेका थिए। बुधवार उनले टरिजा मेको […]
विश्व
दक्षिण कोरियाद्वारा रुसी विमानमाथि गोली प्रहार
७ साउन, एजेन्सी । दक्षिण कोरियाले रुसी ए-५० सैनिक विमानमाथि गोली प्रहार गरेका छन् । रुसी विमानले आफ्नो आकाशमा बिनाअनुमति प्रवेश गरेकाले चेतावनी स्वरूप गोली प्रहार गरेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरूले जापानले आफ्नो भूभाग दाबी गर्ने कोरियाको डोक्डोरताकेशीमा टापुमाथि सो विमान उडेको बताएका छन्। दक्षिण कोरियाले लडाकु विमानहरू जम्मा गरेको र सो विमानलाई चेतावनी […]
हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त
पोर्ट ओ प्रिन्स, ७ साउन । हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेको जनाइएको छ । यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजिनामा दिएपछि सोमबार विलियिम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । लापिनले राजिनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक […]
सिरियामा हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए
इद्लिब, सिरिया, ७ साउन । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् । इद्लिबको दक्षिण भागमा रहेका मआरेट अल नुम्यान शहरलाई लक्ष्यगरी भएको यस आक्रमणमा परी अन्य कैयौ व्यक्ति घाइते भएका बताइएको छ । रुसको नेतृत्वमा भएको यस आक्रमणमा सिरियाली […]
उत्तर कोरियाले बनायो पनडुब्बी
प्योङयाङ, ७ साउन । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् । उत्तर कोरियाली समाचार संस्था (केसिएनए) का अनुसार नयाँ निर्माण गरिएको पनडुब्बीले पूर्वी कोरियाली समुद्रमा सेवा गर्नेछ । यो पनडुब्बीलाई चाँडै प्रयोगमा ल्याइने पनि केसिएनएले जनाएको छ । केसिएनएका अनुसार किमले उत्तर कोरियाको सैनिक क्षमता सुदृढ गर्न पनडुब्बीको […]
हवाइ आक्रमणमा समूह कमाण्डरसहित तीन मारिए
लासकार गाह, ७ साउन अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ । जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ […]
इमरान खानको खुलासा: पाकिस्तानकै सूचनाका आधारमा बिन लादेन मारिए
वासिङ्टन, ७ साउन । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको खुलासा गरेका छन् । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश […]
दोस्रो प्रयासमा भारतद्वारा चन्द्रयान – २ को सफल प्रक्षेपण
६ साउन, एजेन्सी । भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ आज प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गरिएको हो । यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान–२ को प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ […]
अफगानिस्तान द्वन्द्वको समाधान वार्ताबाटै सम्भव – इमरान खान
वासिङ्टन, ६ साउन । अमेरिका भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा सैनिक बलमा शान्ति कायम गर्न सम्भव नरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुअघि अमेरिकामा बसोबास गरिरहेका पाकिस्तानी डायस्पोरालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले अमेरिकी राष्ट्रपति ट्रम्प समक्ष पनि यही कुरा राख्ने स्पष्ट गरेका हुन् । प्रधानमन्त्री खानले भने– “मलाई कसैले […]
सूचनाको हक ऐन संशोधन गर्ने निर्णय गलत छ – अरविन्द केजरीवाल
नयाँदिल्ली, ६ साउन । भारतको दिल्ली राज्यका मूख्यमन्त्री अरविन्द केजरीवालले सूचनाको हकसम्बन्धी ऐन संशोधन गर्ने भारत सरकारको निर्णयले केन्द्र र राज्यका सूचना आयोगहरुको स्वतन्त्रता समाप्त हुने बताएका छन् । उनले केन्द्र सरकारको उक्त कदम सही नभएको पनि बताए । केन्द्र सरकारले यही जुलाई १९ मा सूचनाको हकसम्बन्धी विधेयक लोकसभामा पेश गरेको थियो । प्रस्तावित विधेयकमा […]









