डोनल्ड ट्रम्पले औपचारिक रूपमा नै थाले सन् २०२० को चुनावी अभियान

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन्। सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन्। फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि “एक ढिक्का […]

खालीपेटमा लिची खाँदा भारतमा एक सय बालबालिकाको मृत्यु

एजेन्सी । भारत बिहारको मुजफ्फरपुर शहरमा गएको १५ दिनमा लिची खाएका कारण एक सय बालबालिकाको ज्यान गएको छ । लिची खाएका उनीहरुलाई मस्तिष्कज्वरोको साथ एइएसको भएको थयिो जसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ । ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएको बताइएको छ । केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा […]

मध्यपूर्वमा तनावका माझ पेन्टागनको नेतृत्व अनिश्चयमा

अमेरिकाका कार्यबाहक रक्षामन्त्री प्याट्रिक स्यानाहानले रक्षामन्त्री हुने दौडबाट पारिवारिक कारणबाट अलग्गिएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्यानाहानले परिवारलाई समय दिन चाहेको ट्वीट गरेका छन्। डिसेम्बरदेखि कार्यबाहक रक्षा मन्त्री रहेका उनले पारिवारिक हिंसाबारे चिन्ताजनक विवरण प्रकाशित भएपछि आफूलाई प्रक्रियाबाट अलग्ग्याएका हुन्। अनुमोदन प्रक्रियाका बेला आफ्नो जीवनको कष्टपूर्ण पाटो उछालिएको भन्दै उनले आफ्ना सन्तानलाई तिनबाट रक्षा […]

इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

ऐजेन्सी । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढलेका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले जनाएका छन् । कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको […]

हङ्‌कङ प्रदर्शन: सुपुर्दगी विधेयकको विरोध रोकिएन, नेत्री क्यारी लामको राजीनामा माग

अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरूले हङ्‌कङमा सडक कब्जा गरिरहेका छन्। विधेयकको विरोधमा आइतवार झन्डै २० लाख मानिसहरू प्रदर्शनमा सहभागी भएको आयोजकहरूले दाबी गरेका छन्। पुष्टि भएमा त्यो हङ्‌कङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ। तर प्रहरीका अनुसार आइतवारको प्रदर्शनमा झन्डै साढे तीन लाख […]

जब दलित भन्दै टाउकोमा बञ्चरो, चक्कु, गोली प्रहार गरी हत्या गरियो

भारतको गुजरात राज्यको  सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ। प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए। आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्य दुईजना गम्भीर घाइते छन्। थानगढ प्रहरी चौकीमा एससी एसटी ऐन अनुसार उजुरी दर्ता गरिएको […]

स्विट्जरल्यान्डका महिलाद्वारा ‘समान ज्याला र सम्मान’ माग

स्विट्जरल्यान्डका महिलाहरूले “समानतातिरको धीमा गति” विरुद्ध सडकमा प्रदर्शन गरेका छन्। २८ वर्ष अघि सन् १९९१ मा यस्तै ‘कारवाही’का लागि महिलाहरू सडकमा निस्केका थिए। स्वीस महिलाहरूले लैङ्गिक समानताको गति तीव्र पारियोस भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन्। सन् १९१८ मा प्रथम विश्व युद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरूसँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्केका […]

भारतमा तीन लाख मानिस स्थानान्तरित, समुद्री आँधी अरब सागरतिरै फर्कियो

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा बज्रिने पूर्वानुमान गरिएको समुद्री आँधीले बाटो फेरेको छ। मौसमविद्हरूका अनुसार सो आँधी अरब सागरतिरै फर्किएको छ। नराम्रो प्रभाव पार्ने अनुमानसहित उक्त आँधीको मार्गमा पर्ने ठानिएका क्षेत्रबाट झन्डै तीन लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। तर तटीय क्षेत्रमा बलियो हावाहुरी चलिरहने अधिकारीहरूले बताएका छन्। गुजरात राज्य तथा दमन र दिऊ […]

हङ्‌कङ सुपुर्दगी कानुन विवाद: प्रदर्शनकारीद्वारा सरकारी भवन घेराबन्दी, विरोध चर्किने चिन्ता

हङ्‌कङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोध गर्न हङ्‌कङमा हजारौँ मानिसहरू सडकमा भेला भएका छन्। सो विधेयकबारे छलफल सुरु हुनुभन्दा एक दिनअघि मङ्गलवार हङ्‌कङको विधायन परिषद्अगाडि प्रदर्शनकारीहरू रातभरि जाग्राम बसेका थिए। तर बेइजिङ निकट मानिने हङ्‌कङकी नेत्रीले त्यो विधेयक फिर्ता नहुने अडान राखेकी छन्। प्रस्तावित विधेयकले हङ्‌कङका नागरिकलाई मुद्दाको पुर्पक्षको लागि […]

विसाक्त रसाइन खुवाएर मारिएपछि मात्र खुल्यो किम जोङ उनका सौतेनी दाइ सीआईएका सुराकी थिए

एजेन्सी । सन् २०१७ मा मलेशियाको राजधानी क्वालालम्पुरमा विसाक्त रासायनिक पदार्थ प्रयोग गरी हत्या गरिएका उत्तर कोरियाली सर्वोच्च नेताका सौतेनी दाजु अमेरिकी जासुसी निकाय सीआईएका सुराकी रहेको खुलासा भएको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नाम सीआईएको सुराकी रहेको खुलासा गरेको हो । […]