भक्तपुर । नेपाली संसद पुँजीपतिहरुको सञ्चालक समिति सावित भएको भक्तपुर नगरपालिकाको मेयर सुनिल प्रजापतिले आरोप लगाएका छन् । कम्युनिस्ट नेता कार्ल मार्क्सले संसद पुँजीवादी व्यवस्थाको सञ्चालक समिति हुने उतिबेला भनेको कुरा नेपालमा अहिले पनि चरितार्थ भइरहेको अधिवक्तासमेत रहेका नगर प्रमुख प्रजापतिले आरोप लगाएका हुन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल’ ले कानुन दिवसको […]
ननस्टप विशेष
मानव वेचविखन र बसाइसराइबारे पाठ्यपुस्तकको परिभाषा अपुरो – पौडेल
काठमाडौ । महिलावादी नेतृ तथा “साहस” पुस्तककी लेखक मीना पौडेलले मानव वेचविखन र बसाइसराइ बारे पाठयपुस्तकमा दिइएको परिभाषालाई नै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएकी छन् । शिक्षा पत्रकार समूहले “पढ्ने बानी बसालौं” श्रृङखला अन्तर्गत शुक्रबार अनामनगरमा गरेको पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले मानव बेचविखनको ट्रेन्ड नै बदलिएकोले अव यस्को परिभाषालाई नै परिमार्जन गर्नुपर्ने बताएकी हुन् । […]
भाजपा सांसदको हलिउडमा डेब्यु
न्यूजकारखाना, मुम्बई । भारतीय अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले हलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगनाले हलिउड हरर ड्रामा ‘ब्लेस्ड बी द इभिल’ मा मुख्य भूमिका निर्वाह गर्ने भएकी हुन् । रिपोर्टका अनुसार रनावतले फिल्ममा टायलर पोसे (टिन वुल्फ) र स्कारलेट रोज स्टेलोन ‘टल्सा किंग’ […]
निजी विद्यालयका शिक्षकको कुटाइबाट बालक अस्पताल भर्ना
मुकेश कुमार यादव, सिरहा । सिरहाको एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थी घाइते भएका छन्। गोलबजार नगरपालिका–७, चोहर्वास्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्ययनरत नरहा गाउँपालिका–३, खोरीयाका १३ वर्षीय अविनाश यादवलाई निर्घात कुटपिट गरेका हुन्। अविनाश सुरेश यादवका छोरा हुन्। परिवारजनका अनुसार, कक्षाकोठामा पढाइ भइरहेका बेला शिक्षक गुप्ताले अविनाशलाई […]
नबिल बैंकको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना
काठमाडौ । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क […]
राष्ट्रपति र पूर्वप्रधानमन्त्री प्रचण्डबीच भेट
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटघाट भएको छ । राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार अपराह्न सो भेटघाट भएको हो । सो अवसरमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् ।
पाकिस्तानमा तालिम लिएका नेपाली सेनाका अधिकृतहरूको काठमाडौमा भेला
काठमाडौं । नेपालका लागि पाकिस्तानी दूताबासले काठमाडौंमा पाकिस्तानमा तालिम लिएका नेपाली सेनाका अधिकृतहरूको लागि एलुम्नाइ भेला सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधानसेनापति जनरल गौरव शमशेर राणा रहेका थिए भने विशेष अतिथिका रूपमा पूर्व प्रधानसेनापति जनरल राजेन्द्र क्षेत्री उपस्थित थिए। कार्यक्रममा पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटी (NDU) बाट आएको प्रतिनिधिमण्डलको समेत उपस्थिति रहेको थियो। पाकिस्तान […]
बिहेगरी क्यानाडा लैजाने भन्दै ठगी गरेको आरोपमा बैतेश्वर घर भई गठ्ठाघर बस्ने युवती पक्राउ
भक्तपुर । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवती प्रहरीको फन्दामा परेकी छिन्। दोलखाको वैतेश्वर गाउँपालिका–८ घर भई भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर बस्ने सुजिता अधिकारीलाई बुधवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्टि गरेको छ ।। अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार सुजिताले आफूसंग क्यानडाको भिसा भएको […]
भक्तपुरको ताथलीमा तीन सवारीसाधन दुर्घटना, एकजनाको निधन
भक्तपुर । भक्तपुरको चाँगुनारायण- ९ ताथलीमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बिहीबार बिहान करिब १० बजेको समयमा च्यामासिंहबाट नाला तर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३-०२-०१४ प. ५०४३ नं. को स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको ज्यान गएको हो । ज्यान गुमाउने स्कुटर चालक चाँगुनारायण […]
अदालतका कम्प्युटर अपरेटर रङ्गेहात पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीस्थित जिल्ला अदालतका कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। बुटवलबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर चोकमा बनियालाई पक्राउ गरेको हो। बनियाले लागू औषध मुद्दामा जेल पठाइएका एक व्यक्तिलाई छुटाउनका लागि सहजीकरण गरिदिने भन्दै दुई लाख रुपैयाँ घुस मागेका थिए, अख्तियारका […]











