काठमाडौं । संसदको शुन्य समयमा बोल्दै हर्क साम्पाङले प्रधानमन्त्रीप्रति गम्भीर प्रश्न उठाउँदै सरकारको कार्यशैलीमाथि कडा आलोचना गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह अयोग्य र अक्षम भएको हो ? भन्दै प्रश्न गरेका हुन्।
“सरकारको प्रधानमन्त्री छ कि छैन ? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदका प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ?,” उनले भने।
उनले जनप्रतिनिधिका प्रश्नको जवाफ नदिनु जनताको उत्तर नदिनु सरह भएको भन्दै यसलाई असक्षमताको नमुना बताए। हर्क साम्पाङलेले जनता सरकारबाटै असुरक्षित महसुस गरिरहेको आरोप लगाउँदै लोकतन्त्रको अवस्था प्रश्नयोग्य बनेको टिप्पणी गरे।
उनले सीमा क्षेत्रमा भइरहेका गतिविधि, मन्दिर–गिर्जाघर–गुम्बा भत्काउने घटना तथा व्यवसायीमा त्रास फैलिएको विषयमा सरकार मौन रहेको भन्दै कडा आलोचना गरे।






