काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन थालेकाे छ । सहुलियत कर्जा याेजना अन्तरगत बैंककाे ऋण लिनेले अब २ दशमलव ३३ प्रतिशत मात्र ब्याज तिरे पुग्ने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सस्ताे ऋण दिन थालेपछि बैंकको कृषि कर्जा शाखामा सबैभन्दा बढी कर्जा माग्न आउनेहरुको लाइन देखिन थालेकाे छ । बैंकले […]
अर्थ/वाणिज्य
व्यवसायीले ल्याए पर्यटकलाई ५० प्रतिशतसम्म आकर्षक छुट प्याकेज
दाेलखा । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । बुधबारदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग […]
हायातमा किन निकालियो शेयर विवाद ? कसरी घट्यो तारागाउँको शेयर
काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको करोडौको शेयर रहेको मुलुककै व्यवस्थित र नमूना मानिएको होटेल हायातमा जवरजस्त विवाद तान्न खोजिएपछि निजी क्षेत्रका केही अगुवाहरु झस्किएका छन् […]
३ महीनामा ५५० पटक बजार अनुगमन गरी ९४ जनालाई दण्ड
काठमाडौँ, १४ माघ । संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनबाट असोज २ गते ऐन पारित भएको थियो । विभागले असोज २६ गते ऐनको प्रति हात पारेपछि […]
७८ वर्षीया वृद्धाले घरको छतमा बनाइन देशकै उदाहरणीय तरकारी बारी
भरतपुर, १२ माघ । भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ । परिवारका अन्य सदस्यसँगै उठेपछि नित्यकर्म सकेर उनी चियाको चुस्कीसँगै घरको छतमा उक्लिन्छिन । उमेरअनुसार भजनकीर्तन र घुमफिर गर्ने बेलामा पनि उनलाई आफ्नो पौरखमै खुशी लाग्छ । आफूलाई चाहिने तरकारी घरमै उत्पादन […]
यो साता एक अर्ब ५४ करोडको शेयर कारोवार
काठमाडौँ, १२ माघ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा […]
अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सले दियो यस्तो छुटै छुट
काठमाडौँ, १२ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो । आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) […]
क्रसर उद्योगहरु बन्द गरिदै
चितवन, ११ माघ । मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो । बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरपालिका–२९ […]
घानाको सुनखानीमा भएको दुर्घटनामा १६ को मृत्यु
एजेन्सी । सुनखानीमा भएको दुर्घटनामा परी घानाको उत्तरी क्षेत्रमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । उनीहरूले बुधबार भएको घटनाका बारेमा अनुसन्धान सुरु भइसकेकोे पनि जानकारी दिएका छन् । देशको माथिल्लो पूर्वी क्षेत्रमा पर्ने टालेन्सीमा बुधबार बिहानै घटना भएको समाचारमा जनाइएको छ । “घटनामा परी मृत्यु हुनेको संख्या अहिले सम्म १६ पुगेको छ,” […]
सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात
बाजुरा, ८ माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा व्यापक हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म सुदूरपश्चिमका पहाडी जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । हिमपातले यस क्षेत्रकाे जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण सुदूरपश्चिमका लेकाली बस्ती र […]











