महाजात्राले कमायो २६ करोड ६५ लाख

mahajatra safalta ghimire

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]

भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा चैत २२ देखि महोत्सव

भक्तपुर । नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले सोबारे जानकारी गराएका हुन् । औद्योगिक […]

सिरहा मालपोत प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीको ब्रहम्लुट, नियामक निकाय मौन

मुकेश कुमार यादव, सिरहा । सिरहाको मालपोत कार्यालय प्रमुखकै मिलोमतोमा लेखापढी व्यवसायीहरुले सेवाग्राहीसंग मनोमानी ढङ्गले असुली धन्दा चलाईरहेको पाइएको छ । जिल्लाको सदरमुकाम स्थित भुमिसुधार तथा मालपोत कार्यालयको कार्यालय प्रमुख शुधिर यादव कै मिलोमतोमा लेखापढी व्यवसायीहरुले  सेवाग्राहीसंग विना रसिद मनपरी रुपमा रकम लिने गरेको पाइएको हो।  मालपोत कार्यालयका कर्मचारीहरुकै आर्थिक सेटिङमा लेखापढी व्यावसायीहरुले सेवाग्राहीसंग मालपोत कार्यालयमा […]

देशमै केही गर्ने हुटहुटी बोकेका दिपक

भक्ती रिजाल, सर्लाही । पछिल्लो समय सर्लाहीमा स्वरोजगार हुने क्रम बढेको छ । विदेश जानु भन्दा आफ्नै गाउँ ठाउँमा रोजगार र स्वरोजगारका अवसर युवाहरु खोजिरहेका छन् । यसैक्रममा बागमती नगरपालिका वडा नम्बर १ मिलनचोकमा दिपक तामाङले संचालनमा ल्याएको एम.एफ कलेक्सनले ग्राहक मात्र होइन, उनी र उनको परिवार समेत सन्तुष्ट बनेको छ । विभिन्न ब्रान्ड र […]

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी

nepal army HQ

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु. ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो। सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत […]

गठबन्धन प्रभाव : मन्त्रीसंगै देखिए महेश बस्नेत

 भक्तपुर । बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्र दीर्घकालीन महत्वका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै […]

बर्दीवासमा १२ करोड गुमेपछि ६६ लाखको चर्चा

बिशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवासमा १२ करोड राजस्व सम्बन्धि मुद्दाको चर्चा सेलाउन नपाउँदै ६६ लाखको चर्चा सुरु भएको छ। आर्थिक बर्ष २०७७/७८ मा सम्झौता भन्दा बढी नदीजन्यपदार्थ उत्त्खनन गरेवापत तीन  ठेक्केदार कम्पनीले तिर्नुपर्ने उक्त रकमलाई जनकपुर उच्च अदालतले २२ गते ठेक्केदारको पक्षमा नै फैसला गरेपछि अर्को मुद्दाको चर्चा सुरु भएको हो। अचम्म त काँहानिर […]

२९ लाई कर्पोरेट बिजनेश अवार्ड

काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरेको छ । आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा हिजो आइतबार विद्युत् नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको प्रमुख आतिथ्यतामा काठमाडौंको होटेल हायात प्लेसमा १६औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ कार्यक्रम आयोजना गरी उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र […]

पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास

visit bharatpur

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ् सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले योगदान पुर्याउने बिश्वास व्यक्त गरेका हुन् । विशिष्ट पाहुनाहरूबाट […]

भान्सामा प्रयोग हुने मसाला जिराको भाउ ह्वात्तै घट्यो : चिनी, दाल र तेलको मुल्यमा पनि गिरावट

भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको हो । ५ महिना अघि प्रतिकेजी १ हजार ३ सय रुपियाँ पर्ने जिरा किलोमा ५ सय रुपियाँ घटेर ८ सय रुपियाँ प्रतिकेजीमा कारोबार हुन थालेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । जिराको धुलो अहिले प्रतिकेजीमा ४ सय रुपियाँ घटेर […]