काठमाडौँ १५ जेठ २०८१ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । […]
अर्थ/वाणिज्य
बर्दिवासका स्थानीयले नियन्त्रणमा लिए टिपर
बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन । महोत्तरीको बर्दिवास नगरपालिका स्थित निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई जिम्मा लगाएका हुन । ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, […]
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले पक्राउ गरेको हो । सिरोहियालाई थप अनुसन्धानका लागि धनुषा पठाइएको प्रहरीले जनाएको छ । उनी कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्व उजुरी परेको थियो । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा […]
‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन । पूर्वी चितवनमा आज भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने विश्वास व्यक्त गरेका हुन । “सदनको गतिरोध अन्त्य भइसकेको छैन,” उनले भने, “आज यसबारे […]
चल सम्पत्ति पनि धितो राखेर ऋण लिन सकिने
काठमाडौं, २६ वैशाख । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्त सहभागी थिए । समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा […]
सरकारको ऐतिहासिक सफलता, सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
सिन्धुली, २६ वैशाख २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक–थ्रु’ भएको छ । १३.३ किलोमिटरको काम सम्पन्न भई बुधबार सुरुङ (छिचोलिएको) ‘ब्रेक थ्रु’ भएको हो । सुरूङ छिचोल्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बिस्वास ब्यक्त गरे । आयोजना सम्पन्न […]
धेरै सहकारी फरार भएको बेला सर्लाहीमा महिला सहकारीको यस्तो सफलता
प्रेमनाथ पौडेल, सर्लाही । देशका कतिपय सहकारीले ताला झुण्ड्याएर बचतकर्तालाई रुवाइरहेका छन् । सर्लाहीको एक सहकारी संस्थाले भने बचतकर्तालाई ढुक्क मात्र बनाएको छैन, आफ्ना ४० जेष्ठ शेयर सदस्य आमाहरुलाई मिष्ठान भोजनसहित सम्मान गरेर खुशी समेत गराइरहेको छ । आमा प्रति श्रद्धा, भक्ति र प्रेमका साथ छोराछोरीले मनाउने मातातिर्थ औसीको पूर्व सन्ध्या पारेर लालबन्दी-१नवलपुर स्थित नन्देश्वर […]
देशका हरेक घरमा बिजुली पुर्याउने प्रधानमन्त्री प्रचण्डको प्रतिवध्दता
काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच रहेको बताएका छन्। काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए। उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना […]
महाजात्राले कमायो २६ करोड ६५ लाख
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]
भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा चैत २२ देखि महोत्सव
भक्तपुर । नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले सोबारे जानकारी गराएका हुन् । औद्योगिक […]