व्यक्तिगत आयकर सीमा न्यूनतम १० लाखको प्रावधान भोलि शुक्रबारदेखि लागु हुने

काठमाडौं । सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान (भोलि श्रावन १ गते) शुक्रबारदेखि लागु हुँदैछ । आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ । नयाँ आव शुक्रबारदेखि सुरु हुँदैछ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाएको छ । अर्थ मन्त्रालयका अनुसार करको […]

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। बुधबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय […]

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। शुक्रबार तोलामा दुई हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा […]

वित्तीय प्रणालीमा अधिक तरलता, बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर थप घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई थप साँघुरो बनाउँदै लगेको जनाएको छ। ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबिचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बिचमा कायम गर्ने उद्देश्य राष्ट्र बैंकले लिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता […]

शे–फोक्सुण्डोमा तालिम

डोल्पा । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८, रिग्मो गाउँमा पर्यटकलाई दिइने सेवाको गुणस्तर बढाउन होटल ब्यवसायी र होमस्टे सञ्चालकलाई तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा गाउँपालिकाले तालिम सम्पन्न गरेको हो । शे–तालिममा आतिथ्य, सरसफाइ तथा सांस्कृतिक सेवा क्षमता अभिवृद्धि गर्ने उदेश्यले सैद्धान्तिक र व्यवहारिक सीपको प्रशिक्षण दिएको होमस्टे महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष सुरज […]

नयाँ सरकारको पनि पुरानै प्रवृत्ति, करिब ४ अर्ब रकमान्तर

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पनि बजेट रकमान्तर गर्ने पुरानो प्रवृत्तिले निरन्तरता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षभरि कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट रकमान्तर गरिएको हो । चालू वर्षका लागि विनियोजन गरिएको तीन खर्ब चार अर्ब रुपैयाँ पुँजीगत बजेटसँग तुलना गर्दा रकमान्तरको आकार ६.६१ प्रतिशत हुन […]

बैंकमा निक्षेप संकलन लगातार बढिरहँदा कर्जायोग्य रकम फालाफाल

काठमाडौं । वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) जेठ महिनामा पनि घटेको छ । वैशाखमा ७२.७५ प्रतिशत रहेको औसत सीडी रेसियो जेठमा ७२.४२ प्रतिशतमा झरेको हो । एक महिनाको अवधिमा सीडी रेसियो ०.३३ प्रतिशत बिन्दुले घटेको हो । तथ्यांकअनुसार २० वाणिज्य बैंकमध्ये १२ बैंकको सीडी रेसियो घटेको छ भने ८ बैंकको बढेको छ । […]

नमुना बन्दै सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन

सिन्धुली । एक समय उजाड, सुख्खा र वनविहीन बनेका डाँडापाखाहरू स्थानीय उपभोक्ताको सक्रिय संरक्षण र दिगो व्यवस्थापनका कारण अहिले हराभरा, आकर्षक र जैविक विविधताले सम्पन्न वन क्षेत्रमा परिणत भएका छन्। संरक्षणसँगै वनलाई स्थानीयको उपभोग तथा आयआर्जनको स्रोतका रूपमा विकास गरिएपछि सिन्धुलीको दूधौली नगरपालिका–१, कुर्थौलीस्थित बिचित्रा ठाकुर सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उदाहरणीय सामुदायिक वनका रूपमा […]

रोजगारीका लागि विदेशिनु नपर्ने वातावरण बन्दै गएको डा मल्लको दाबी

ललिता साह, भक्तपुर । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले सूचना प्रविधिमा आधारित उद्यम र स्टार्टअप व्यवसायको विस्तारसँगै नेपाली युवाले रोजगारीका लागि विदेशिनु नपर्ने वातावरण बिस्तारै तयार हुँदै गएको बताएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय पुरस्कार–२०८३’ कार्यक्रममा बोल्दै उनले युवाको सिर्जनशीलता र […]

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय […]