प्रतिनिधि सभा बैठक भदौ १ गते मात्रै बस्ने

काठमाडौँ। प्रतिनिधि सभाको बैठक भदौ १ मात्रै बस्ने भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् मंगलबार बसेको बैठकमा खनिज पदार्थ सम्बन्धी विधेयक २० ८३ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।

त्यस्तै मङ्गलबारको बैठकमा आकस्मिक सुन्ने र विशेष समयमा सांसदहरूले आआफ्ना धारणा राखेका थिए।