सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य उच्च दरले बढेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।