काठमाडौं । पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक)गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका-३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो ।शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको हो ।
पर्सामा सोमबार साँझ नै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक जना भारतीय र तीन जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।







