काठमाडौँ, २४ माघ । रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्रयाउन लागत न्यूनीकरण र प्रोत्साहन प्याकेज ल्याउन सरकारलाई सिफारिश गरिएको छ । औपचारिक माध्यमबाट विप्रेषण भित्र्याइ उत्पादनमुलक क्षेत्रमा उपयोग गर्ने विषयमा सुझाव पेश गर्न गठित कार्यदलले औपचारिक माध्यमबाट भित्रिएको विप्रेषणलाई उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी गर्न सिफारिश गरेको छ । अनौपचारिक माध्यमलाई निरुत्साहित गरी बढीभन्दा बढी विप्रेषण रकम […]
अर्थ/वाणिज्य
मेलम्चीको ठेकेदार इटालीयन कम्पनी सिएमसीसँगको सम्झौता रद्द
काठमाडौँ, २४ माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ । पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो कम्पनीसँग गरिएको सम्झौता आज रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । सिएमसीले गत मङ्सिर २९ गते एकतर्फीरुपमा आयोजना स्थल छाडेर […]
वैदेशिक लगानी भित्र्याउन हेजिङ फण्ड नियमावली ल्याइयो
काठमाडौँ, २४ माघ । जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानीका लागि त्यस्तो कोष जरुरी रहेको भन्दै सरोकार भएका विभिन्न क्षेत्रले माग र चासो राख्दै […]
देशको कान्छो विमा कम्पनी महालक्ष्मी लाइफ आइतबारबाट सुरु हुने
काठमाडौँ, २४ माघ । देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ । राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरुप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी […]
शेयर बजार सात बिन्दुले घट्यो
काठमाडौँ, २४ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा झरेको छ । आज कूल १६७ कम्पनीको सात लाख ४६ हजार […]
पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा
काठमाडौँ, २३ माघ । लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका […]
११४० सरकारी कार्यालयको अनुगमन, २३७७ कर्मचारी कारवाहीमा
काठमाडौँ, २३ माघ । राष्ट्रिय सतर्कता केन्द्रले एक आर्थिक वर्षमा ११ सय ४० सरकारी कार्यालयको अनुगमन गर्दा २ हजार ३७७ कर्मचारी कारवाहीमा परेको जनाएको छ । केन्द्रले आर्थिक बर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसमक्ष केन्द्रका सचिव विष्णुओम वादेले १६ औँ वार्षिक प्रतिवेदन बुझाउँदै उक्त तथ्यांक ल्याएका […]
सरकारले दुई वटा रेल किन्ने प्रक्रिया अगाडि बढायो
काठमाडौ, २१ माघ । सरकारले २ वटा रेख खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको हे । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको जानकारी दिएको छ । यसअघि गत पुस २९ गते मन्त्रिपरिषद बैठकले रेल […]
१५ दिनमा १ अर्ब नाफा गर्न आयल निगमले बढायो इन्धनमा २ रुपैयाँ मुल्यबृद्धि
काठमाडौं, १९ माघ । नेपाल आयल निगमले इन्धनको मुल्य फेरि बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा निगमले मुल्य बढाएको हो । निगमले सबैमा २-२ रुपैयाँ मुल्य वृद्धि गरेको छ । यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ […]
रारामा प्रधानमन्त्री ओलीले अर्गानिक स्वाद चाखेको मात्रै बिल २ लाख, ७८ लाखमा महोत्सव उद्घाटन
सुर्खेत, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली सदनदेखि हरेक मञ्चमा भ्रष्टाचारलाई आफूले सहदै नसहने र भ्रष्टाचारीलाई हेर्दा पनि नहेर्ने बताउने गरेका छन् । यद्यपि उनका कुरा र काममा खाडल रहेको भन्दै प्रश्न उठाइएका छन् । यसैक्रममा उनीसँगै जोडिएको एक यस्तै अनियमितताको प्रसंगले बजार तातेको छ । प्रधानमन्त्री ओली मुगुको रारामा पुग्दा उनलाई खुवाइएकाे केही […]











