ओली सरकारले सरकारी कर्मचारीको तलव वृद्धि गरेको छ । बुधवार बजेट बक्तब्य मार्फत उक्त वृद्धि गरिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्र अनंकित् कर्मचारीको तलवमा २० प्रतिशतका दरले र राजपत्रांकित कर्मचारीको हकमा १८ प्रतिशतका दरले तलव वृद्धि गरिएको घोषणा गरे । यो संगै खरिदारको तलव ४ हजार भन्दा बढीले बढेको छ भने शाखा अधिकृतको […]
अर्थ/वाणिज्य
सांसदलाई छुट्याइयो ६ करोडका दरले ९ अर्ब ९० करोड
काठमाडौं, १५ जेठ । सरकारले संघीय सांसदहरुको लागि ६ करोड छुट्याएको छ । सरकारले सांसदलाई विकास कार्यमा सहभागि गराउने भन्दै गपत रकम विनियोजन गरेको हो । सांसदलाई पैसा बाँडेर विकास नहुने भनेर आलोचना भैरहदा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सांसदहरुलाई प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँ छुट्ट्याएको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाले […]
बढ्यो बृद्ध भत्ता
तत्कालिन मनमोहन सरकारले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्तालाई ओली सरकारले बढाईदिएको छ । भत्तामा रु १ हजार वृद्धि भएको हो । बुधबार संयुक्त संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारका तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले […]
यार्सागुम्बा संकलन गर्न डोल्पाका पाटनमा पुगे हजारौ मानिस, प्रवेश शुल्कबाटै उठ्यो २ करोड राजश्व
काठमाडाैँ, १५ जेठ । यस सिजन बहुमुल्य जडिबुटी यार्सागुम्बाकाे संकलन सुरु भएकाे छ । सिजन सुरु भएसँगै डाेल्पासँगै विभिन्न हिमाली जिल्लाका लेकहरुमा मानिसहरु पुगेका छन् । यसैबीच डोल्पाका पाटनमा पनि हजाराै मानिस पुगेका छन् । मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला गरिएपछि डाेल्पा र छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु त्यस क्षेत्रमा पुगेका हुन् । डाेल्पाकाे प्यारी गुफा, […]
अग्नि परीक्षामा अमनलाल मोदी
काठमाडाैं । तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की भ्रष्टाचारी भएको आवाज उठाउने र उनलाई कारवाही गराउने सम्मको ल्याकत राख्ने युवा नेता तथा सत्तारुढ नेकपा सांसद अमनलाल मोदीलाई यसपटक भने ठुलै अप्ठ्यारो आइलाग्यो । मंगलवार संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लाई अमनलालले भ्रष्टाचारी भएको आरोप लगाएपछि […]
पाँच तहका विचौलियाले यसरी बनाउँछन खानै नसकिने तरकारी
काठमाडौ, ७ जेठ । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढदा […]
नेपालको १२८ मुलुकसँग व्यापार घाटा
काठमाडौं, ५ जेठ । नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । २३ मुलुकसँगको […]
विश्वभर ५० औं विश्व दूरसञ्चार दिवस मनाइदै
काठमाडौं । सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ । यहि विकास क्रम शुरु भएको दिनको आज विश्वभर ५० औं विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू)का विश्वभर १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ । एक दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको […]
बुधवार नेप्सेसँगै कारोबार रकममा सुधार
काठमाडौं, १ जेठ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार बुधवार १ अर्ब ३३ कराेड नाघेको छ । अाज बढेकाे नेप्सेसँगै कारोबार रकम पनि बढिरहेको हाे । बुधबार कूल १ सय ७२ कम्पनीको ४० लाख ४३ हजार १ सय ५७ कित्ता शेयर खरिद बिक्री भएका छन् । बुधबार नेप्से ०.४२ प्रतिशतले बढेको छ । नेप्से […]
अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुने अर्थमन्त्रीको खुलासा
काठमाडौ, ३१ बैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै आएको बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण […]











