भक्तपुर । भक्तपुरको दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको हो । २०५१ सालदेखि सरकारी सेवा सुरु गरेका पौड्यालले २०८० सालसम्म पुग्दा, तलब, भत्ता, र कानुनी स्रोतबाट जम्मा २ करोड ५८ लाखको आय […]
अपराध
सवारी ज्यानमा जेल सजाय पाएका चाँगुनारायणका सुदिप ५ वर्षपछि पक्राउ
भक्तपुर । सवारी दुर्घटनासम्बन्धी ज्यान मुद्दामा फरार रहेका भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ३८ वर्षीय सुदिप बनलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतले २०७६ साल चैत २ गते उनलाई ६ महिनाको जेल सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला भएपछिकाे समयदेखि फरार रहेका बनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खटाएको प्रहरी […]
अदालतका कम्प्युटर अपरेटर रङ्गेहात पक्राउ
नवलपरासी । पश्चिम नवलपरासीस्थित जिल्ला अदालतका कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। बुटवलबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर चोकमा बनियालाई पक्राउ गरेको हो। बनियाले लागू औषध मुद्दामा जेल पठाइएका एक व्यक्तिलाई छुटाउनका लागि सहजीकरण गरिदिने भन्दै दुई लाख रुपैयाँ घुस मागेका थिए, अख्तियारका […]
लागूऔषधसहित दुईजना पक्राउ
सिरहा । सिरहा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका प्रहरीको भनाइ छ । लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ […]
वैदेशिक रोजगार र तालिमका नाममा मन्त्रालयबाटै रकम लेनदेन
क्यानाडा र युरोपियन मुलुकहरुको भिसाका लागि आवश्यक कागजात सिफारिस मन्त्रालयमार्फत नै बिक्री हुँदै आएको जानकारी प्राप्त भएको छ । श्रम मन्त्रालय र कृषि मन्त्रालयले भिसाका लागि आवश्यक कागजात वा सिफारिस गरेबापत ठूलै रकम चेकमार्फत नै कारोबार भएको बुझिएको छ । एलिना नेम्वाङ, सम्झना रेग्मीलगायत दर्जनौँ व्यक्तिहरुबाट भिसाका लागि आवश्यक कागजातबापत चेकबाट कारोबार भएको हो । […]
राप्रपालाई सरकारको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि वैशाख ७ गते तोकेको विरोध कार्यक्रमबारे सार्वजनिक समाचार र अभिव्यक्तिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको उल्लंघन हुने तथा समाजमा अशान्ति फैलाउने किसिमका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। मन्त्रालयले कानून विपरीत हुने कुनै पनि […]
वीरगञ्जको छपकैया क्षेत्र अशान्त
पर्सा । हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप हुँदा केही पसल र मोटरसाइकलमा आगजनी भएको छ । हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो । झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। दुई धार्मिक समुदायका बिचमा यो झडप भएको प्रारम्भिक […]
दुर्गा प्रसाईं माथि अनुसन्धान गर्न प्रहरीले पायो १२ दिनको म्याद
काठमाडौं, । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ । जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो । साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् । प्रहरीले […]
पलान्चोक भगवतीको ७० हजार लिएर फरार अभियुक्त अढाई वर्षपछि प्रहरी फन्दामा
काभ्रे । काभ्रेको पाँचखालस्थित पलान्चोक भगवती मन्दिरमा रहेको दानपेटिका फुटाई नगद ७० हजार चोरी फरार भएको घटनाको करिब अढाई वर्ष पछि काभ्रे प्रहरीले एक अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । अभियुक्त काभ्रेकै खानीखोला-७ का ३० वर्षिय रविन खुलाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार रामेछापको खाँडादेवी मन्दिरमा रहेको दानपेटिका […]
घर भाडामा लिएर अनलाइन जुवा र क्रिप्टो कारोबार
न्यूजकारखाना, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई […]








