९० वर्षीय वृद्धले रड प्रहार गर्दा गयो श्रीमतीको ज्यान

नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिका–३ आम्बासमा ९० वर्षीय वृद्धले आफ्नी ७६ वर्षीया श्रीमतीको रड प्रहार गरी हत्या गरेका छन्। प्रहरीका अनुसार स्थानीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती जमुना थापामाथि टाउकोमा रड प्रहार गरेका थिए, जसका कारण घटनास्थलमै जमुनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटनाको पुष्टि गर्दै आरोपी थापाले […]

मधेश प्रदेशका सांसद अख्तियारको फन्दामा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्व राज्यमन्त्री सरोजकुमार सिंहलाई पक्राउ गरेको छ। सांसद विकास कोषको रकम अनियमित रूपमा खर्च गरी कमिसन बुझेको प्रमाण फेला परेपछि आयोगको टोलीले उनलाई बिहीबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएको हो। यसअघि आयोगले सिंहका स्वकीय सचिवलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। 

लुटपाट गर्न खोज्ने गिरोहका २ जना नियन्त्रणमा

सञ्जय मिश्रा, रौतहट । रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ अन्य भने फरार भएका छन्। पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ बस्ने बर्ष २० को सिताराम महतो र बर्ष २० को सन्तोष महतो रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए ।  अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मंगलवार […]

बेलायत पठाइदिने भन्दै ११ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। दुबै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूले हालसम्म ३८ […]

छिमेकीसहित आफ्नै बुवाको हत्या आरोपमा युवक पक्राउ

नवलपरासी पश्चिम । आफ्नै बुबा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

अमेरिकी डलर भन्दै कागज दिएर ३० लाख ठगी गर्ने ताराबहादुर भक्तपुरबाट पक्राउ

भक्तपुर । अमेरिकी डलर सस्तोमा मिलाइदिने भन्दै कागज भिडाएर रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति सिन्धुपाल्चोक बाह्रबिसे-३ घर भई भक्तपुरको चाँगुनारायण–३ दुवाकोट बस्ने ३९ वर्षीय तारा बहादुर तामाङ हुन् ।  ताराबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।  […]

ललितपुरमा अनलाइन जुवाको जालो, ८१ करोड बढी जुवा खेलाउने १७ पक्राउ

ललितपुर । अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो। पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली […]

फेसबुकबाट नजिक, होटल पुगेपछि ‘हनिट्र्याप’

काठमाडौं । होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी […]

साँगामा स्रोत नखुलेको नगद सहित युवक पक्राउ

काभ्रे । काभ्रे प्रहरीले श्रोत नखुलेको रकमसहित युवकलाई पक्राउ गरेको छ । मंगलबार अपराह्न साढे ४ बजेको समयमा बनेपा- १४ साँगा चोक स्थित अरनिको हाइवेमा चेकजाँच गर्दा पनौतीबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बसमा सवार युवकको साथबाट श्रोत नखुलेको रकम बरामद गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गा.पा. १ का […]

राजधानीमै नक्कली प्रमाण पत्र तथा छाप बनाउने समूह पक्राउ

काठमाडौं, १ जेठ । काठमाडौंमा नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह चलाएको आरोपमा प्रहरीले एक समूहलाई पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको बताएको हो । बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा […]