सर्लाहीबाट आएको हायसमा लागूऔषध फेला, चारजना पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल–९ स्थित बीपी राजमार्गमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०३-००१ ज ०७७३ नम्बरको हायस गाडी चेकजाँचका क्रममा प्रहरी टोलीले गाडीको छतमा लुकाई राखिएको अवस्थामा २० हजार ९ सय ४० क्याप्सुल Tramadol, २ हजार ९ सय ५० ट्याबलेट नाइट्राजेपाम, Diazepam, Buprenorphine र Phenergan गरी ५३/५३ एम्पुल इन्जेक्सन बरामद […]

डेढ अर्ब बढीको हुन्डी र क्रिप्टो कारोबार गरेको आरोप दुई भारतीय पक्राउ

ललितपुर । ललितपुरको सानेपास्थित कालोपुलमा रहेको किराना पसलमा हुन्डी र क्रिप्टो करेन्सी कारोबार गर्दै आएका दुई भारतीय पक्राउ परेका छन्।  पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएका ४३ वर्षीय रुपेशकुमार गुप्ता र पूर्वी चम्पारण बिजबानी स्थायी घर भई हाल सोही स्थानमा बस्दै आएका २२ वर्षीय विपीन कुमार […]

अबैध १ करोड ४० लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौ महानगरपालिका-६ बौद्ध नयाँ बस्तीबाट स्रोत नखुलेको नगद १ करोड ४४ लाख रूपैयाँ सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं स्वयम्भू बस्ने चिनियाँ नागरिक ४० वर्षीय WANG JIAN लाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई […]

भाउजुको हत्या आरोपमा देवर पक्राउ

मोरङ । आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको […]

बाल अदालतको वेबसाइट नहुँदा, सेवाग्राहीलाई सास्ती

bal adalat

भक्तपुर । बालबालिकासम्बन्धी मुद्दा हेर्ने भक्तपुरस्थित उपत्यकाकै एक्लो बाल अदालतमा आधिकारिक वेबसाइट नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।   काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलान्चोकको पनि बालबालिका सम्बन्धि मुद्दा हेर्ने भक्तपुरस्थित बाल अदालतमा पेशी लगायतका जानकारीका लागि कानुन व्यवसायीहरू समेत अदालत धाउन बाध्य छन्।    भक्तपुरका मात्र होइन काठमाडौँ, ललितपुर र काभ्रेका सेवाग्राही समेत एक […]

परालको भुसभित्र काजु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका-१२ स्थित चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा काजु लुकाएर तस्करी गरिँदै गरेको मिनी ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कर्मैयाबाट खटिएको टोलीले आइतबार परालको भुस लोड गरिएको ग२ख १४१८ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याइएको काजु बरामद गरेको हो। सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार ट्रकमा परालको […]

फरार प्रतिवादी ४५ वर्षपछि पक्राउ

इलाम । कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी ४५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति इलाम सन्दकपुर-५ का तील बहादुर गुरुङ रहेका हुन् । ७६ वर्षको उमेरमा उनी प्रहरीको फन्दामा परेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सूचना अधिकारी रहेका प्रहरी निरीक्षक संजीव बोगटीले गुरुङ कर्तब्य ज्यान मुद्दामा […]

बाहिरबाट ताल्चा लगाइएको कोठामा युवती मृत फेला

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरामा बस्दै आएकी एक युवती सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थायी ठेगानाकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी अविवाहित थिइन्। घटना शङ्कास्पद् देखिएकाले अनुसन्धानका लागि घटनास्थल सिल गरिएको डीएसपी राजकुमार सिंहले जानकारी […]

बिचौलियाको घेरामा अदालत, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

सञ्जय मिश्रा, रौतहट । पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ।  स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ  ।  नवविवाहिता हत्या प्रकरणमा प्रहरीले […]

भक्तपुरमा साढे ५ केजी लागू औषध(पोल्याण्ड) सहित तीनजना पक्राउ, दुई फरार

भक्तपुर । भक्तपुरमा साढे ५ केजी लागू औषध(पोल्याण्ड) सहित ३ युवक पक्राउ परेका छन् । भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर- १ सल्लाघारी च्वङ्गा गणेशस्थित सुज्यान फुड क्याफेबाट सशस्त्र प्रहरी बल नेपालको इन्टिलिजेन्स ब्युरोले बुधवार मध्याह्न करिब सबा १२ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका युवकहरु धादिङको गल्छी स्थायी ठेगाना भएका २० वर्षिय सुमन […]