छिमेकीसहित आफ्नै बुवाको हत्या आरोपमा युवक पक्राउ

नवलपरासी पश्चिम । आफ्नै बुबा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–२ अवरैया बस्ने २७ वर्षीय हेमराज थारूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

हेमराजले कोदालो प्रहार गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।