वैदेशिक रोजगार र तालिमका नाममा मन्त्रालयबाटै रकम लेनदेन

क्यानाडा र युरोपियन मुलुकहरुको भिसाका लागि आवश्यक कागजात सिफारिस मन्त्रालयमार्फत नै बिक्री हुँदै आएको जानकारी प्राप्त भएको छ ।

श्रम मन्त्रालय र कृषि मन्त्रालयले भिसाका लागि आवश्यक कागजात वा सिफारिस गरेबापत ठूलै रकम चेकमार्फत नै कारोबार भएको बुझिएको छ ।

एलिना नेम्वाङ, सम्झना रेग्मीलगायत दर्जनौँ व्यक्तिहरुबाट भिसाका लागि आवश्यक कागजातबापत चेकबाट कारोबार भएको हो ।

त्यसैगरी कृषि मन्त्रालयले पनि दुई वर्षका लागि कृषि तालिमका लागि इजरायल मुलुकमा पठाउने भन्दै रकम बार्गेनिङ गरेको कुरा थाहा हुन आएको छ ।