वीरगञ्जको छपकैया क्षेत्र अशान्त

पर्सा । हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप हुँदा  केही पसल र मोटरसाइकलमा आगजनी भएको छ । 

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो । 

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। दुई धार्मिक समुदायका बिचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ । ब्यक्ति वा, समूहबीचको असमझदारीलाई धार्मिक रंग नदिने नागरिक अगुवाहरूले आग्रह गरेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको छ ।

बिस्तृत विवरण आउन बाँकी छ ।