नेवा: संस्कृति संरक्षणमा वाइसीएलको पहल, समाजसेवी कार्कीको साथ

आकाश गजुरेल, भक्तपुर । समाजसेवी सविन कार्कीले नेवारी संस्कृति संरक्षणमा योगदान पुर्‍याउदैँ मतिना धिमे खल: ख्वप: (कुभिचा टोल, भक्तपुर-९) लाई परम्परागत नेवारी वाद्यवादन उपकरण धा र भुंसे हस्तान्तरण गरेका छन् ।

योङ कम्युनिस्ट लिग (वाइसीएल) भक्तपुरको पहल र समन्वयमा शनिबार आयोजित एक कार्यक्रमकाबीच कार्कीले ती बाजाहरु मतिनाका अध्यक्ष सविन प्रजापतिलाई हस्तान्तरण गरे ।

“धा” र “भुंसे” दुबै परम्परागत बाजाहरु हुन्  । यसलाई विशेष गरी जात्रामा, नाचगानमा र सांस्कृतिक कार्यक्रमहरूमा बजाइने गरिन्छ ।

कार्यक्रममा समाजसेवी सविन कार्कीले परम्परा जगेर्नाका लागि सहयोग गर्न पाउँदा सन्तोष ब्यक्त गरे ।

उनले भविष्यमा खल: तथा नेवारी संस्कृति संरक्षण सम्बन्धी विभिन्न कार्यहरूमा निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पहलकर्ता एवं भक्तपुर वाइसीएलका इन्चार्ज नरेश रन्जितले मौलिक संस्कृति र परम्परा जोगाउने जिम्मा सचेत युवाहरूले लिनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेकपा माओवादी केन्द्रका भक्तपुर नगर अध्यक्ष राकेश सुवाल, वाइसीएलका प्रदेशस्तरीय नेता रोशन बासुकला, भक्तपुर अध्यक्ष सरराज उप्रेती,सचिव सुरेन्द्र सुवाल, भक्तपुर नगर अध्यक्ष बिकाश लाखे र मतिना धिमे खल: ख्वप:का युवाहरू लगायतको उपस्थिति रहेको थियो ।