हुटमा बसेर हात हल्लाएर राजा नभइने भनेका प्रधानमन्त्रीको उद्घोष- बैशाख ११ मा देखाउछौँ

झापा । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडीको हुटमा बसेर हात हल्लाएर राजा नभइने व्यंग्य गरेका छन् । दुईचार जना मान्छेले सडकमा उफार्दैमा राजतन्त्र नआउने उनको दावी छ ।

शनिबार गृह जिल्ला झापाको दमकमा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय जागरणसभालाई सम्बोधन गर्दै राजा आए प्रधानमन्त्री र मन्त्री बन्न पाइन्छ कि भनेर मानिस पछि लागेका बताए । तर, त्यस्ता मानिस भन्दा बरु पशुपतिका बाँदर ठिक भएका उनको भनाइ छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सुनादै उनले भने, “रक्सी र स्याउ चोर्दै भाग्नेले कस्तो राजतन्त्र ल्याउछन् ?’
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सुशासन र विकास भइरहेको जिकिर गर्दै बर्तमान सरकारको बिकल्प नभएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पक्षमा युवा छैनन भन्नेहरूलाई बैशाख ११ गते देखाइदिने समेत दावी गरे ।

एमालेले वैशाख ११ गते अर्थात लोकतन्त्र दिवसका दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्ष मुनिका युवाहरु त्यस दिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउने उद्घोष गरे ।

“एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका हौं, म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरुलाई भेला पार्न सक्दैन, ” उनको भनाइ थियो “युवाहरुले आफ्नो सामथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”