अदालतका कम्प्युटर अपरेटर रङ्गेहात पक्राउ

 

नवलपरासी । पश्चिम नवलपरासीस्थित जिल्ला अदालतका  कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

बुटवलबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर चोकमा बनियालाई पक्राउ गरेको हो। बनियाले लागू औषध मुद्दामा जेल पठाइएका एक व्यक्तिलाई छुटाउनका लागि सहजीकरण गरिदिने भन्दै दुई लाख रुपैयाँ घुस मागेका थिए, अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्राप्त सूचनाका आधारमा निगरानीमा बसेको टोलीले घुस लिँदै गरेको अवस्थामा बनियालाई नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार अहिले बनियामाथि थप अनुसन्धान भइरहेको छ।