लागूऔषधसहित दुईजना पक्राउ

सिरहा । सिरहा प्रहरीले  लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् ।

पक्राउ  पर्नेमा सिरहाको लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका प्रहरीको भनाइ छ । 

लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

पक्राउ  परेका दुबै  जना र उनीहरूले  प्रयोग गरेको म.प्र.०१–००४ प ५९८५ र स ३ प १७२मोटरसाइकल -२ थान र दुई थान मोबाइल पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डीएसपी पासवानले जानकारी दिए।