सह सम्पादक शाहीलाई मातृशोक

काठमाडौ । ननस्टप खबर डटकमका सह सम्पादक बुद्धशरण शाहीलाई मातृशोक परेको छ । उनको ममतामयी आमा पूर्णलक्ष्मी शाहीको ७१ वर्षको उमेरमा निधन भएको हो ।

काठमाडौ महानगरपालिका- २३ न्यूरोड निवासी पूर्णलक्ष्मी लामो समयदेखि क्यान्सरसंग लडिरहेकी थिइन् । उपचारकै क्रममा बि एण्ड बि अस्पतालमा उनको निधन भएको थियो ।

चार सन्तानकी आमा पूर्णलक्ष्मीका बुद्धशरण एक्लो छोरा हुन् भने ३ छोरीहरु छन् ।

ननस्टपखबर आमा पूर्णलक्ष्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सह सम्पादक बुद्धशरणसहित शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।