भारतलाइ हराउदै सनिल शाहीले थपे ५० औं स्वर्ण

काठमाडौं, २४ मङ्सिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्केबाज सनिल शाहीले स्वर्ण जितेका हुन । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । सनिलले भारतीय खेलाडी बिरेन्दर सिंहलाई पराजित गरी स्वर्ण जित्न सफल भएका हुन ।

ललितपुरको सातदोबाटोमा भएको पुरुष ६० केजीमा पनि भारतीय मुक्केबाज बिरेन्दरलाई अंकको आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले स्वर्ण जित्न सफल भए । यसअघि भुपेन्द्र थापामगर र मिनु गुरुङले नेपाललाई स्वर्ण दिलाएका थिए । यस तौल समूहको काश्य भने श्रीलंकाका जिवन्थ निस्सन्का बामुनु अराचचील र बंगलादेशका सूरा कृष्णा चक्माले प्राप्त गरे।

बक्सिङमा सोमबार नेपालका मिनु गुरुङ र भुपेन्द्र थापा मगरले स्वर्ण दिलाएका थिए। २० वर्षपछि भुपेन्द्रले स्वर्ण दिलाउँदै साग बक्सिङमा स्वर्णको खडेरी समाप्त गरेका थिए। यसअघि सन् १९९९ मा नेपालमा नै सम्पन्न सागको आठौ संस्करणमा नेपालका लागि दुई दाजुभाई रामचन्द्र थापामगर र प्रकाश थापामगरले स्वर्ण जितेका थिए।

फोटो – बुद्ध शरण शाही 

 

Loading...