घट्यो सुनको मूल्य, कति छ आज प्रतितोला ?

काठमाडौं, २१ माघ । मंगलबार सुनको मूल्यमा गिरावट केहि आएको छ । नेपाल सुनचाँदी व्यवसायी सङघका अनुसार छापावाला सुनको मूल्य प्रतितोलामा ५ सय रुपैँयाले घटेर ७६ हजारमा र तेजाबी सुन प्रतितोला ७५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

झाडापखालाले लियो महामारीको रुप, दैनिक ५० भन्दा बढी बिरामी

काठमाडौं २१ माघ। उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ । दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका […]

फेरि बढ्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ, २१ माघ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको […]

सेक्सपछि हत्या : मोबाइलले खोल्यो रहस्य

मकवानपुर । हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २० वर्षिया एलिसा थापा, २१ वर्षका वुद्ध लामा, २४ वर्षका आशिष बल र शुशिल थापामगरलाई सार्वजनिक गरेको हो । […]

पहाडी क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, २१ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागका सामान्यतया सफा रहने छ । भने राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी […]

पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

भक्तपुर, २१ माघ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा भने रोक लगाएको छ ।केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो । केन्द्रले लेखेको पत्रमा २०७६ मंसिर ३० केन्द्रको […]

अछाममा वडाध्यक्षको विभत्स हत्या

अछाम, २१ माघ । अछाममा एक जनप्रतिनिधिको विभत्स हत्या भएको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको बिभत्स हत्या भएको हो । ४० वर्षीय धामीको शव क्षतविक्षत अवस्थामा फेला परेकोले हत्या गरेर फालिएको हुनसक्ने स्थानीयले अनुमान गरेका हुन् । घरदेखि केही टाढाको गोठमा बिभत्स अवस्थामा शव फेला परेको प्रहरीले पुष्टि […]

थाइल्याण्डले बनायो कोरोना भाइरसको औषधि, ४८ घण्टामै निको हुने दाबी

एजेन्सी । तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन यतिबेला निकै ठूलो संकटमा परेको छ। चीनको वुहानबाट फैलिएको यस भाइरसका कारण अहिले ४०० जना भन्दा बडीको मृत्यु भइसकेको छ। १७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र खटिएर काम गरिरहेका छन्। यसै क्रममा थाइल्याण्डका डाक्टरले […]

‘चपली हाइट ३’ चार आनाको मसला’ स्वस्तिमा र सुपुष्पो बोल्ड ठुम्का (भिडियो सहित)

काठमाडौँ, २० माघ । आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको निकेश खड्का निर्देशित यस वर्षको प्रतिक्षीत चलचित्रमध्ये एक ‘चपली हाइट ३’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार आनाको मसला’ बोलको गीतमा राम खम्बु र अस्मिता अधिकारीको संयुक्त गायन रहेको छ भने डिपी खनालको शब्द […]

चीनमा गयो शक्तिशाली भूकम्प

एजेन्सी, कोरोनाभाइरसको महामारीले आक्रान्त चीनमा सोमवार बिहान भूकम्प आएको छ । दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआनको छङ्दुमा ५.१ म्याग्निच्युडको भूकम्प आएको हो । भूकम्पको केन्द्रविन्दु छङ्दुभन्दा ३५ किलोमिटर पर रहेको छ । जमीनबाट २१ किलोमिटर मुनिबाट भूकम्प शुरू भएको बताइएको छ । भूकम्पको झड्का लगभग १० सेकेन्डसम्म अनुभव गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा १५० जना […]