झाडापखालाले लियो महामारीको रुप, दैनिक ५० भन्दा बढी बिरामी

काठमाडौं २१ माघ। उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको समस्या देखापरेको हो ।

परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ । दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिए । उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह समेत गरे । गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन् ।

दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ । हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न निकै सकस भएको छ ।

Loading...