पहाडी क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, २१ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागका सामान्यतया सफा रहने छ ।

भने राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, भोलि बुधबार भने दिउँसोमा देशका पहाडी भ–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने छ । राती भने देशका पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागका सामान्यतया सफा रहने छ । देशको पुर्वी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Loading...