पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

भक्तपुर, २१ माघ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा भने रोक लगाएको छ ।केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो ।

केन्द्रले लेखेको पत्रमा २०७६ मंसिर ३० केन्द्रको वेवसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार पुल दरबन्दी नभएको तहको रिक्त दरवन्दीमा जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो । कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो ।

केन्द्रले पुल दरबन्दी रहेका सवै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै पुल दरबन्दी रहेको स्थानीय तहहरुको पुल दरबन्दी रहेका जिल्लामा जिल्लान्तर सरुवामा रोक लगाएको हो । केन्द्रले त्यस्ता पुल दरबन्दीका तीनै तहका शिक्षकलाई हाललाई अन्तर जिल्ला सरुवामारोक लगाएको हो ।

रोक लगाइएका स्थानीय तहहरु

 

 

Loading...