अछाममा वडाध्यक्षको विभत्स हत्या

अछाम, २१ माघ । अछाममा एक जनप्रतिनिधिको विभत्स हत्या भएको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको बिभत्स हत्या भएको हो ।

४० वर्षीय धामीको शव क्षतविक्षत अवस्थामा फेला परेकोले हत्या गरेर फालिएको हुनसक्ने स्थानीयले अनुमान गरेका हुन् । घरदेखि केही टाढाको गोठमा बिभत्स अवस्थामा शव फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

मंगलवार विहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको राति नै हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । प्रहरीले भने पोस्ट मार्टम पछि मात्र यकिन भन्न सकिने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दीपक भारती आफै अनुसन्धानका लागि घटनास्थल पुगेका छन् । वडाध्यक्ष धामी नेपाली काँग्रेसबाट उम्मेदवार रही निर्वाचित भएका थिए ।

Loading...