राष्ट्रपति पौडेल कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल आज ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान गरेका छन्। उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले उनलाई आइतबार बिहान त्रिभुवन बिमानस्थलमा बिदाइ गरे । कात्तिक १८ देखि २० गतेसम्म कतारको दोहामा हुने सम्मेलनमा उनी १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनेछन्। सम्मेलनमा राष्ट्रपति पौडेलले मुख्य सत्रलाई सम्बोधन गर्नेछन्। उक्त भ्रमणका […]

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच पार्टी एकता सहमति

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ राजनीतिक दल–समूहबीच पार्टी एकताको उद्देश्यले १८ बुँदे सहमति भएको छ। आइतबार सम्पन्न बैठकपछि ती दलका शीर्ष नेताहरूले सहमति-पत्रमा हस्ताक्षर गरेका छन्। सहमति-पत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव […]

तीन महिनामा वीरगञ्जबाट ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

Birgunj

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु. आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा […]

स्थानीय बासिन्दाले फोहोर फाल्न गरेको अवरोध खुल्ने

काठमाडौंको फोहोर विसर्जन स्थल बञ्चरेडाँडा पुगेर मन्त्री कुलमान घिसिङले आइतबार स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सँग छलफल गरेर समझदारी जुटाएका छन् । यससँगै करिब एक सातादेखि स्थानीय बासिन्दाले फोहोर फाल्न गरेको अवरोध खुल्ने भएको छ। ‘मन्त्रीजी आज बञ्चरेडाँडा आउनुभएको थियो, उहाँले गर्न सकिने कामहरू १५ दिनभित्रै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो,’ ककनी गाउँपालिका ३ का अध्यक्ष घननाथ […]

पेस्तोल किनबेच गर्न खोज्ने पाँच पक्राउ

भदौ २४ गते लुटिएका प्रहरीको पेस्तोल किनबेच गर्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले एउटा पेस्तोल, एउटा म्याग्जिन र १५ वटा गोलीसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। भदौ २४ गते प्रहरीको कार्यालयबाट लुटपाट गर्नेमा धुनिबेशी गाउँपालिका घर भई काठमाडौं बस्ने २१ […]

सप्तरीमा झाडापखालाको प्रकोप, एकै परिवारका तीन जनाको निधन

सप्तरी । छिन्नमस्ता गाउँपालिका–५ स्थित मुसहर बस्तीमा झाडापखालाको प्रकोप फैलिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ। ज्यान गुनाउनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र बाजे ७० वर्षीय लक्ष्मण सदा छन्। उनीहरूलाई उच्च ज्वरो र लगातार झाडापखाला लागेको थियो। टोलका १५ जनाभन्दा बढीमा पनि झाडापखालाका लक्षण देखिएका छन्। स्थानीयले समयमै स्वास्थ्यकर्मी नआएको […]

अटो दुर्घटना हुँदा देउरानी-जेठानीको निधन, पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। शनिबार साँझ लुगुमबाट ब्राहताल जाँदै गरेको रा १ ह ६७९७ नम्बरको अटो पञ्चासेमा सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा भूमे–१ की ३० वर्षिया रेजिना घर्ती र २५ वर्षकी सबिता घर्तीको निधन […]

रक्षा बमले गठन गरिन ‘नेपाल जेनजी फ्रन्ट’

काठमाडौ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमको संयोजकत्वमा नयाँ संगठन ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको छ। उनले जेनजी आन्दोलनलाई संस्थागत र एकीकृत रूप दिनका लागि उक्त मोर्चा स्थापना गरेको घोषणा गरेकी हुन्। बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठ लामो दस्तावेजसहित मोर्चा गठनको घोषणा गरेकी छन्। विज्ञप्तिअनुसार, जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न समूह र नेताहरूलाई एउटै संरचनामा ल्याई […]

प्रधानमन्त्री कार्कीको राजिनामा माग

काठमाडौं । ‘पहिला देश (पिपुल्स रेभुलेसन) अभियान’ ले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेको विरोधमा कार्तिक १६ गते आइतबार माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले जेनजीको मागअनुसार काम गर्न नसकेको भन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेको छ। पहिला देश […]

माओवादी केन्द्रसंग एकता गर्ने एकीकृत समाजवादीको सर्वसम्मत निर्णय

madhav-jhalnath

काठमाडौं । नेकपा एकीकृत (समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने ऐतिहासिक निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको प्रस्तावलाई सर्वसम्मत पारित गर्दै पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो। बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा अध्यक्ष नेपालको एकता प्रस्तावमाथि व्यापक छलफल भएको र अन्ततः सर्वसम्मत रूपमा […]