पूर्व प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुको धारणा सुन्ने

Prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार देशका प्रमुख सञ्चार माध्यमका सम्पादकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ। पार्टी प्रचार विभागका सचिव बलराम थापाका अनुसार ललितपुरमा हुने उक्त कार्यक्रममा प्रचण्डले हालको राजनीतिक परिस्थिति र ‘जेनजी आन्दोलन’पछिको देशको कार्यभारबारे प्रत्यक्ष बुझ्ने प्रयास गर्नेछन्। “अध्यक्ष प्रचण्डले […]

कांग्रेस पदाधिकारी बैठकका यस्ता कुरा, शुक्रबार पुनः बस्ने

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराए । “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको […]

दातालाई दोष नदेउ

काठमाडौ । नेपालको जेनजेड आन्दोलनपछि केही स्वतःघोषित राष्ट्रवादी, पुराना दलका निष्ठावान र केही मिडियाले एउटा खतरनाक कथा फैलाइरहेका छन् — यो जनआन्दोलन कुनै विदेशी निधि वा एनजिओको खेल हो भन्ने। यो केवल गलत मात्र होइन, अन्यायपूर्ण पनि हो। यसले असल परिवर्तन चाहने नयाँ पुस्ताको आत्मसम्मानमाथि चोट पुर्‍याउँछ।   पहिले कुरा प्रष्ट गरौं — सबै एनजिओ […]

शनिबार राजधानीमा एमालेले युवा शक्ति प्रदर्शन गर्ने

भक्तपुर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सबै विवरण आफूले सुरक्षित राखेको बताएका छन्। सबैको एक-एक हिसाब हुने उनको चेतावनी छ । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई खुलेआम चुनौती पनि दिएका छन्। “एमाले अध्यक्ष केपी ओली र महेश […]

गृहमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसंग उच्चस्तरीय छलफल

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले देशको समग्र सुरक्षा स्थिति र पछिल्ला राजनीतिक गतिविधिबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन्। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापन, राजधानीमा […]

गुण्डुका कार्की नेतृत्वको आयोग नमान्ने भन्दै गुण्डुमै गर्जिए ओली, भन्छन्- जेजे गर्ने हो गर्नु

भक्तपुर । अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले बनाएको छानबिन आयोग अस्वीकार्य रहेको बताएका छन् । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले गुण्डुकै पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अमान्य भएको उद्घोष गरे । “प्रतिवेदन लेख्नुस्, बुझाउनुस्- हामी मान्दैनौँ ।” उनले चुनौती दिदै भने,”जे […]

मन्त्रालय संख्या घटाउन र प्रदेशप्रति गलत संदेश जाने गतिविधि नगर्न माओवादी केन्द्रको माग

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश सभा दलले प्रदेश सरकारको मन्त्रालय संख्या घटाएर ७ कायम गर्न माग गरेको छ। प्रदेश सभा दलका नेता शालिकराम जमकट्टेलको नेतृत्वमा माओवादी केन्द्रले मुख्यमन्त्री इन्द्र बानियाँलाई ८ बुँदे मागपत्र पेश गर्दै हाल कायम १४ मन्त्रालयलाई घटाएर ७ कायम गर्नुपर्ने, कार्य विभाजन स्पष्ट गरी काम कम भएका निर्देशनालय, […]

कक्षा ९ र १० मा अनिवार्य कम्प्युटर विषय पढाई हुने

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विस्तृत अवलोकन गर्दै देशभरका विद्यालय सुधारका लागि ठूला निर्णय र स्पष्ट निर्देशन दिएका छन्। केन्द्रमा झण्डै तीन घण्टा लामो छलफलमा सहभागी हुँदै मन्त्री पुनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरूको मर्जर (एकीकरण) प्रक्रिया, र योग्य तथा […]

प्रभु महालक्ष्मीको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले संस्थापक समूहको ४४ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो सेयर बिक्रीमा राखेको छ । उक्त सेयर […]

काभ्रेमा सवारी दुर्घटना, सात घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा आज दिउँसो बस र मिनि आइचर ठोक्किँदा सातजना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा ५ ख ६८३ नम्बरको मिनि आइचरलाई ठक्कर दिँदा आइचर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको हो। दुर्घटनामा मिनि आइचरमा […]