प्रतितोला सुनको मूल्यमा ७ हजार ९ सय गिरावट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले घटेको छ ।

नेपाली सुनचाँदी माहसंघका आनुसार सुन प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ३०५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिदबीक्री भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।