बिराटनगर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष केपी शर्मा ओलीका निकट सहयोगी महेश बस्नेतमाथि आज आइतबार बिहान विराटनगर विमानस्थलमा आक्रमण प्रयास भएको छ। नेता बस्नेत र अध्यक्ष ओली विरुद्ध नाराबाजी गर्दै उनी सवार गाडीमा रातो मसी छ्यापिएको छ । प्रहरी स्कर्टिङमा रहेका बस्नेतलाई लक्षित गर्दै गरिएको आक्रमण प्रयास तत्कालै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । […]
Author: Nonstop Khabar
तिलगंगाको आँखा सेवा ख्वप: अस्पतालमै, सेवाग्राही खुशी
भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको च्यामासिंहस्थित ख्वप: अस्पतालमा आँखाका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाह भइरहेको छ । नेपाल आँखा कार्यक्रम र भक्तपुर नगरपालिकाको सहकार्यमा ख्वप: तिलगंगा आँखा अस्पतालमार्फत भक्तपुरमै तिलगंगाको सेवा प्रवाह भइरहेको हो । अस्पतालका प्रशासन तथा अपरेशन इन्चार्ज डाक्टर धिरज अधिकारीका अनुसार यो तिलगंगा आँखा अस्पतालकै संस्थागत शाखा हो । “भक्तपुर नगरपालिकासँग समन्वय […]
पत्रकार रत्नलाई पितृशोक
काठमाडौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौं र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिका सहसचिव एवं सौर्य दैनिकका पत्रकार विक्रम रत्नलाई पितृशोक परेको छ । उनका पिता शुकुवीर रत्नको शुक्रवार असामयिक निधन भएको हो । ७५ वर्षिय शुकुवीर पेटको क्यान्सरबाट ग्रसित थिए । काठमाडौको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले […]
धुर्मुस सुन्तली फाउन्डेसनलाई भुक्तानी दिन महानगरलाई कानुनी समस्या
चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेर अधुरो छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिने सवालमा भरतपुर महानगर कानुनी जटिलतामा फसेको छ। संघीय सरकारले १५ करोड रुपैयाँ पठाए पनि रकम सिर्जित सम्पत्ति खरिद शीर्षकमा आएको हुँदा सार्वजनिक खरिद ऐनअनुसार खर्च गर्नुपर्ने बाध्यता देखिएको महानगरले स्पष्ट गरेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार यो रकम […]
प्याब्सनको जिल्लास्तरीय लोकनृत्य प्रतियोगितामा मित्रश्री पाठशाला पहिलो
भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुर जिल्ला शाखाले आयोजना गरेको जिल्ला स्तरीय अन्तर विद्यालय लोकनृत्य प्रतियोगितामा मित्रश्री पाठशाला पहिलो भएको छ । शुक्रवार नयाँ थिमिस्थित यचु बैंक्वेटमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा सहभागी एक दर्जन बढी विद्यालयलाई पछि पार्दै मित्रश्री पहिलो बन्न सफल भएको हो । चाँगुनारायण नगरस्तरीय प्रतियोगितामा दोश्रो भएर फाइनलमा प्रवेश […]
एमालेले बनायो स्वयंसेवक फोर्स, संकटमा साथ दिने अध्यक्ष ओलीको बिश्वास
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)को केन्द्रीय ‘कमाण्ड’ घोषणा गरेको छ। एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेश समेटिएको नयाँ संरचना घोषणा गरिएको हो। युवा संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय टोली गठन […]
खेमनाथ दाहालको रचना र ज्ञानु रानाको स्वर रहेको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक
महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । डा.यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा रहेको काव्यलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत गरेका हुन् । मिलापको आयोजनामा साहित्यकार लेखनाथ […]
भक्तपुरका क्रिकेटप्रेमीलाई रुटिन अफ नेपाल बन्दको नि:शुल्क बस सेवा
भक्तपुर । नेपाल प्रिमियर लिग (NPL) हेर्न त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदान पुग्ने दर्शक, विशेष गरी भक्तपुरका क्रिकेट प्रशंसकहरूका लागि ‘रुटिन अफ नेपाल बन्द’ (RONB) ले नि:शुल्क यातायातको ब्यवस्था मिलाएको छ । खेल हेरेर राति फर्किँदा सार्वजनिक यातायात नपाउने समस्याबारेको गुनासोपछि RONB ले यो पहल गरेको हो । क्रिकेटका दर्शकमाथि परेको असुविधालाई ध्यानमा राख्दै बिहीबार […]
साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक लोकार्पित
काठमाडौँ। साहित्यिक पत्रकार संघ (सापस) द्वारा आयोजित भव्य साहित्यिक समारोहमार्फत कवि किशनसिंह धामीको कविता–सङ्ग्रह ‘सम्बोधनमा छोरी’ र समालोचक डा. हिरण्यलाल ज्ञवालीको समालोचनात्मक कृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ को आज विधिवत् लोकार्पण सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति तथा प्रतिष्ठित साहित्यकार विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका […]
माओवादीका महासचिव र प्रवक्ताले भेटे प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेर प्ररधानमन्त्री लाई भेटेका हुन् । प्रधानमन्त्री कार्कीले दलहरूसंग बुधबार सिंहदरवामा भेटवार्ता गरेकी थिइन् । माओवादीका नेताहरू छुट्टै बालुवाटार पुग्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ […]











