सिन्धुलीको रामेश्वरधाममा श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम परिसरमा आज महाशिवरात्रीका पावन शुभदिनबाट आयोजना भएको श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्यामा शान्ति कलश यात्रा सम्पन्न गरिएको छ ।

पंचेबाजा सहित पंडित,पुरोहित,सन्त महन्थको अगुवाईमा रामेश्वरधामको प्रांगणबाट शुभारम्भ गरिएको शान्तिकलश यात्रामा श्रद्धालु भक्तजनहरुको बृहत सहभागिता रहको थियो ।

कलशयात्राले सिन्धुलीमाडी बजारका अतिरिक्त कालीमाई लगाएत विभिन्न मठ÷मन्दीर,चोक÷चौताराहरुको परिक्रमा गरी मण्डपमा १ सय आठ भन्दा बढीको संख्यामा कलश प्रतिस्थापना गरिएको थियो ।

फाल्गुण ३ गते पुर्वाङ्ग भै फाल्गुण १० गते साङ्गे गरिने श्रीमद्भागवत महायज्ञमा पण्डित कमल नयन काफ्लेको मुखारविन्दबाट श्रीमद्भागवत कथा प्रवचन हुने रामेश्वरधाम मन्दीर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद कोईरालाले बताउनु भयो ।

श्रीमद्भागवत ज्ञानमहायज्ञका अबसरमा दैनिक रुपमा कथा प्रवचन,पाठ ,पारायाण, भजन किर्तन,आरती हुने जनाईएको छ भने ज्ञानमहाय१को समापनको अवसरमा सामुहिक व्रतमन्ध,लाख वती समेत प्रज्वलन लगाएतका क्रियाकलाप हुने अध्यक्ष कोईरालाले बताउनु भयो ।

रामेश्वरधाम मन्दीर व्यव्स्थापन समितिले विगत लामो समयदेखि हरेक वर्षको महाशिवरात्रीका शुभदिनदेखि धाम परिसरमा विभिन्न पुराणको आयोजना गर्दै आएको छ ।

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटामा अवस्थित रामेश्वरधाम पछिल्लो समयमा धार्मिक तर्थिस्थलको रुपमा विकास हुदै जान थालेको छ ।