काठमाडौ । लोकप्रिय गायक राजेश पायल राई र मिलन नेवारको सुमधुर आवाजमा सजिएको नयाँ सांगितिक कोशेली “माइको बगर”सार्वजनिक भएको छ ।
नयाँ नेपाली गीत “माइको बगर” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गुरु लामा कार्की र दीपा श्रेष्ठ को अभिनय देख्न सकिन्छ । गीतमा स्वर स्वयं चर्चित गायक राजेश पायल राई र मिलन नेवारकोे रहेको छ । गीतका शब्द रमेश प्रसाईकोे लेखेका हुन् भने संगीत संयोजन कर्ण राईको रहेको छ । म्युजिक भिडियोको निर्देशन प्रकाश सुब्बाको गरेका छन । छायाँकन सुमन योञ्जन ले सम्हालेका छन् भने भिडियोको सम्पादन तथा रंग संयोजन नरोत्तम पाण्डेले गरेको छन् । “माइको बगर” गीतले प्रेम र सरल जीवनका भावनालाई प्रस्तुत गरेको छ । गीतको कथावस्तु र दृश्य संयोजनले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको छ ।
गीतको म्युजिक भिडियो नमस्तेसंसार इन्टरटेन्मेन्ट नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ । भिडियो लिंक https://youtu.be/3__RnuHAzLs?si=EFtsig69t7n1VpHc







