४५ देश संलग्न भिडियो प्रतियोगितामा नास्ट तेस्रो बन्न सफल

काठमाडौं । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (National Information Society Agency–NIA) द्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले तेस्रो स्थान हासिल गर्न सफल भएको छ। ४५ देशका ६० सूचना पहुँच केन्द्रका कार्यक्रमलाई समेट्दै आयोजना गरिएको प्रतियोगितामा विभिन्न देशबाट ३० वटा भिडियो प्रस्तुत गरिएको थियो। ३ देखि ५ मिनेट […]

नेपाल उद्योग व्यापार महासंघ ललितपुरको अध्यक्षमा दोहोरिए घिमिरे, ४१ सदस्यीय कार्यसमिति

ललितपुर । नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको अध्यक्षमा राज घिमिरे दोहोरिएका छन् । मंगलबार भएको दोस्रो जिल्ला अधिवेशनबाट उनी पुन अध्यक्ष निर्वाचित भएका छन् । घिमिरेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । जसमा १५ जना पदाधिकारी रहेका छन्। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल रहेका छन्। त्यसैगरी उपाध्यक्षहरूमा तिर्थबहादुर लामा, गणेश […]

निर्वाचनबाट मात्र संविधान र राष्ट्रियताको रक्षा सम्भवः पूर्वमन्त्री पम्फा भुसाल

ललितपुर । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमार्फत संविधानको रक्षा गर्दै राष्ट्रियतामाथि देखिएको संकटलाई टार्न सकिने बताएकी छन्। नेपाल उद्योग व्यापार महासंघ, ललितपुर जिल्ला समितिको मंगलबार महालक्ष्मीस्थानमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक घटनाक्रमका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको धारणा राखिन्। भुसालले […]

खोला मापदण्डविरुद्ध बिहीबार विरोध र्याली

बुद्ध शरण शाही, काठमाडौँ । बागमती र विष्णुमती नदी किनारमा लागू गरिएको ४० मिटर खोला मापदण्डविरुद्ध काठमाडौं उपत्यकामा सडक प्रदर्शन हुने भएको छ। सर्वोच्च अदालतले मुख्य तथा सहायक नदीको दायाँ–बायाँ पहिलेदेखि कायम २० मिटरमा थप २० मिटर जोडेर ४० मिटर क्षेत्रमा कुनै संरचना निर्माण गर्न नपाइने फैसला गरेपछि त्यसविरुद्ध आन्दोलन घोषणा गरिएको हो। उपत्यकाव्यापी सडक […]

शीतलहरले जनजीवन दयनीय, तीन तहको सरकार हुँदाहुँदै दाताको मुख ताक्न बाध्य

sitlahar

ललिता साह, मधेस प्रदेश । पुस लागेसँगै सप्तरीसहित मधेश र लुम्बिनी प्रदेशमा कठ्याङ्ग्रिँदो चिसो बढेको छ। पछिल्ला दुई सातादेखि लगातार चलेको शीतलहरले जनजीवन प्रभावित बनेको छ। गत वर्ष पुस सकिन लाग्दा मात्र जाडो प्रवेश गरेको थियो। तर यो वर्ष पुस लाग्नुअघि नै शीतलहर सुरु भएको छ। अत्यधिक चिसोका कारण विपन्न समुदायका सयौँ बालबालिकाले विद्यालय जान […]

ओलीको बोलीमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिमाथि विद्यावारिधी गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयबाट सानुमैयाँ खड्काले विद्यावारिधी गरेकी हुन् । उनले प्रस्तुत गरेको शोधमा ओलीका भाषणलाई पूर्वीय दर्शनको व्यञ्जना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ। शोधले ओलीका अभिव्यक्तिहरू उखान–टुक्कामा मात्र सीमित नभई गहिरो दार्शनिक व्यञ्जनायुक्त रहेको निष्कर्ष निकालेको छ। खड्काका अनुसार ओलीका कथनहरूमा […]

अस्थायी मतदाताका लागि निवेदन दिन सकिने

काठमाडौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अस्थायी मतदाता बन्न चाहने व्यक्तिको नाम पुस ११ गते सार्वजनिक गरिएको मतदाताको अन्तिम नामावलीमा अनिवार्य रूपमा समावेश हुनुपर्ने निर्वाचन आयोगले स्पष्ट गरेको छ। निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले जनाए अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ३० अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका कर्मचारी, […]

प्रधानमन्त्रीले दुर्गा प्रसाईंलाई दिइन् बुद्ध चित्र उपहार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान बालुवाटारमा मेडिकल ब्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै भगवान् गौतम बुद्धको चित्र उपहार दिइन्। अब मुलुकले थप अस्थिरता थेग्न नसक्ने उल्लेख गर्दै आफ्ना मागहरू शान्तिपूर्ण माध्यमबाट राख्न प्रधानमन्त्रीले आग्रह गरेकी […]

भक्तपुरको सल्लाघारीमा जुवातास खेल्ने १४ जना समातिए, डेढ लाख बढी बरामद

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा जुवा तास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।   सोमबार साँझ करिब साढे ६ बजेको समयमा सल्लाघारीस्थित डेरा गरी बस्दै आएका ४१ वर्षीय गोपाल बहादुर बलको कोठामा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   उनीहरूको साथबाट  […]

सलिकोमा व्यापक कर्मचारी माग

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै चार वटा पदमा केही कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, सिनियर एसिस्टेन्ट र मेडिकल डिपार्टमेन्टमा एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक […]