भक्तपुर । भक्तपुरमा अबैध हतियारसहित एक युवक पक्राउ परेका छन् । गोरखाको पालुङटार-९ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाई पक्राउ परेका हुन् ।
मंगलबार बिहान ९ बजे A8896 नम्बरको इन्सास राईफल सहित उनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जबेगुले पुष्टि गरे ।
सेढाईको साथबाट एस.एल.आर. राईफलको राउण्ड ४ थान,
प्लास्टिक राउण्ड १ थान, सटगनमा लाग्ने राउण्ड १ थान,
खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान र
लागू औषधमा प्रयोग गर्ने सिरिन्ज ५ थानसमेत बरामद गरिएको उनले जानकारी गराएका छन् ।
सेढाई भुम्डोलमा परिवारसहित बस्दै आएका र बरामद गरिएका हतियार जेन-जी बिद्रोहका क्रममा लुटिएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको प्रहरी बृत्त जगातीकी प्रहरी नायब उपरीक्षक चन्चला श्रेष्ठले जनाएकी छन् । सेढाईमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






