काठमाडौँ । ‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्ने नारासहित भूमि अधिकार संरक्षण समितिले आज राजधानी काठमाडौँमा प्रदर्शन गरेकी छ । सडक विस्तारको नाममा भइरहेका बिस्थापनका गतिविधि विरुद्ध प्रदर्शन गरिएको हो । हेटौँडामा सर्वोच्च अदालतको आदेश अवहेलना गर्दै निरन्तर जारी सडक विस्तार तथा घर–टहरा भत्काइएका घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै समितिले राजधानी काठमाडौँको केन्द्रमै प्लेकार्डसहित विरोध र्याली […]
Author: Nonstop Khabar
चप्पलबाट स्याटेलाइटसम्म : चेपाङ विद्यार्थीले बनाए पहिलो स्वदेशी स्याटेलाइट
काठमाडौँ । आर्थिक रूपमा पछाडि पारिएको अल्पसंख्यक समुदायबाट आएका चेपाङ विद्यार्थीहरूको संलग्नतामा नेपालमै डिजाइन तथा निर्माण गरिएको पहिलो स्वदेशी स्याटेलाइट बुधबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएकाे छ। ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यस प्रेरणादायी मिसनअन्तर्गत निर्माण गरिएको क्युब–स्याटेलाइट चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट बिहानीपख पौने १० बजे काइनेटिका–वान रकेटमार्फत प्रक्षेपण भएको हो । स्रोतसाधन […]
२ मिनेटमै चमत्कारिक उद्धार: सशस्त्र प्रहरीद्वारा अद्भुत क्षमता प्रदर्शन
गोरखा । शहीद लखन गाउँपालिका–४ राईनासको भीरबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेका ५१ वर्षीय दीपक तिवारीलाई सशस्त्र प्रहरीले अविश्वसनीय गतिमा उद्धार गरेको छ । मात्र दुई मिनेटमै उद्धार गरी सशस्त्रले उनको जीवन बचाएको हो । तिवारीलाई उपचारपछि सुरक्षित रूपमा घर पुर्याइएको छ । के भएको थियो ? बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल, […]
कालीमाटी तरकारी–फलफूल बजारमा आजको मूल्य दर
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी, फलफूल तथा हरितपदार्थको थोक मूल्य दर सार्वजनिक गरेको छ। समितिद्वारा जारी मूल्यसूची अनुसार गोलभेँडादेखि साइताका विशेष च्याउ र मसला वर्गका सामग्रीसम्मका मूल्यमा फरक देखिएको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडाको मूल्य १०० रुपैयाँ […]
शिक्षकप्रतिको सम्मान, बिदाईमा हेलिकप्टर चार्टर
गोरखा । गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई भब्य बिदाई गरिएको छ । विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूको सहयोगमा विद्यालयले उनलाई हेलिकप्टर चार्टर गरी ऐतिहासिक सम्मानसहित विदाई गरेको हो । ३७ वर्षको अविरल सेवा समर्पणपछि हालै मात्र अवकाश प्राप्त गरेका उपरकोटीको शिक्षण पेशाप्रतिको निष्ठा, कर्तब्यपरायणता र प्रेरणादायी भूमिकाप्रति कृतज्ञता व्यक्त गर्न स्थानीयहरूले […]
पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी, पदभार ग्रहण
काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त भएका लक्ष्मण पन्थीले कार्यभार सम्हालेका छन् । मंगलबार नारायणहिटीस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । खुला प्रतिस्पर्धाबाट एक दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अर्घाखाँचीका पन्थी कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनलाई मन्त्रीपरिषदले नियुक्त गर्ने निर्णय गरेको थियो । सांस्कृतिक, धार्मिक र वैदिक […]
भ्रष्टाचार आरोपमा चिनी बैंकरलाई मृत्युदण्ड
बेइजिङ । चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मंगलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी […]
पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
भक्तपुर । वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोहकिंल्थलीस्थित चन्द निवासमा सामूहिक अभिनन्दन गरेका छन् । साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन र नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सह आयोजक श्रीओम श्रेष्ठ , किशन सिंह धामी र समालोचक प्रमोद प्रधान मञ्चासीन थिए । […]
ट्राफिक प्रहरीलाई भक्तपुर नगरपालिकाको सहयोग
भक्तपुर । भक्तपुर नगरपालिकाले ट्राफिक प्रहरी प्रभाग कमलविनायक, भक्तपुरलाई विविध कार्यालय सामग्री उपलब्ध गराएको छ । नगरपालिकाले प्रभागलाई स्टील दराज, लाइब्रेरी मेच, अफिस टेबुल, प्रिन्टर, खाट, इलेक्ट्रिक वाटर डिस्पेन्सर, कार्पेट र पर्दालगायतका सामग्री सहयोगस्वरूप प्रदान गरेको हो। सामग्री हस्तान्तरण गर्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिले ट्राफिक प्रहरीको मेहनत, समर्पण र निरन्तर सेवा भावना प्रशंसनीय रहेको उल्लेख […]
वीर अस्पतालमा सर्भर नचल्दा सयाैंलाई सास्ती
काठमाडाैं । वीर अस्पतालस्थित नविल बैंकको सर्भर डाउन हुँदा बिरामीलाई सास्ती भएको छ । बैंककाे सर्भर नचल्दा सयाैं बिरामी प्रभावित भएका छन् । अपरेशन गर्नुपर्ने बिरामीले समेत बिल तिर्न नपाउँदा अपरेशन नै प्रभावित भएकाे छ । बिल तिर्न नपाएपछि अपरेसन गर्नुपर्ने, आजै चेकजाँच गर्नुपर्नेहरू सबैभन्दा बढी मारमा परेका छन् । बैंकले मर्मतको काम भैरहेको जानकारी […]











